राधिका भुसाल प्यूठान असाेज २१
नेपाल पत्रकार प्यूठान शाखा १६ औं वर्षमा प्रवेश गरेको अवसरमा विजुवारमा सूचना केन्द्र उद्घाटन गरिएको छ । शुक्रबार उद्घाटन समारोहमा बोल्दै नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष एवम कार्यक्रमका प्रमुख अतिथि विपुल पोख्रेलले तत्कालिन समयमा तदर्श समितिको सदस्य पुर्याउन नसकी पछि थप गर्ने गरी उधारोमा गठन भएको महासंघ अहिले आफ्नै भवनमा सूचना केन्द्र समेत स्थापना गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।
पत्रकारिताको विकास नहुँदासम्म कुनैपनि भुगोलको विकास हुन नसक्ने उपाध्यक्ष पोख्रेलले बताए । ‘समाज परिवर्तन र विकासका लागि बलियो पत्रकारिता आवश्यकता छ’– कार्यक्रमका प्रमुख अतिथि पोखे्रलले भने–‘आज पत्रकारिताले नै कुनै पनि व्यक्ति खान नपाएर मर्नु पर्दैन, उपचार नपाएर मर्नु पर्दैन ।’ भुकम्प, बाढी, पहिरोले बारम्बार डुवाएको हाम्रो देशमा खानै नपाएर मर्नु परेको कुनै समाचार आएका छैनन्’ उनले भने ।
यदि पत्रकार र मिडिया नभएको भए जनतालाई सूचना दिने सेवा, सुविधाको विषयमा कस्ले बोल्ने र कसरी बोल्ने ? तर, राज्यले पत्रकारहरुबाट अपेक्षा धेरै नै गरेको तर लगानी भने शुन्य छ । ऐन कानुन बनाएर खोलिएका मिडियाहरुलाई व्यवस्थापन गर्नु राज्यको जिम्मेवारी भएको बरिष्ठ उपाध्यक्ष विपुल पोखे्रलले बताए । जिल्ला शाखा प्यूठानले जिल्ला समन्वय समिती प्यूठान संग समन्वय गरि खाद्य सस्थानको भवनलाई प्रयोगमा ल्याइ सूचना केन्द्रको स्थापना गरिएको पत्रकार महासघं प्यूठानका अध्यक्ष महाविर रानाले बताए ।
नेपाल पत्रकार प्युठान शाखा ०५८ सालमा स्थापना भएको थियो ।
पत्रकार कल्याणकारी कोष शुभारम्भ
जिल्लामा क्रियाशिल पत्रकारलाई आइपर्ने समस्याहरु, उत्थानका लागि र सहयोग पुर्याउने गरि १ लाख १९ हजार वरावरको पत्रकार कल्याणकारी कोषको स्थापना समेत गरिएको छ । यसलाई यसै वर्षमै १० लाख रुपैया पुर्याउने लक्ष्य जिल्ला शाखा प्यूठानले राखेकोे छ । विगतका दिनहरुमा शाखामा कल्याणकारी कोष नहँुदा महासघंमा आवद्ध पत्रकारहरुका लागि विभिन्न विपद्मा सहयोग गर्न नपाइएको भन्दै कल्याणकारी कोषको स्थापना गरिएको शाखाले जानकारी दिएको छ ।
स्व. ठाकुर शर्माको स्मृतिमा पुस्तकालय
यसैवीच शाखाकै भवनमा रहने गरि अग्रज पत्रकार सुशील पोखरेलले आफ्ना वुवा स्व. ठाकुर प्रसाद शर्माको स्मृतिमा पुस्तकालयको समेत स्थापना गरेका छन् ।
शुक्रबार सूचना केन्द्रमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम, केन्द्रीय सदस्य बसन्त गिरी, महासंघ रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसी, रोल्पा शाखाका अध्यक्ष मानसिंह बिक लगाएतको शुभकामनासंगै आफ्ना अनुभव र सुझावहरु व्यक्त गरेका थिए, भने जिल्ला स्थित कार्यालय प्रमुखहरुले पनि आफ्ना धारणा राखेका थिए ।
Post a Comment