Header Ads

प्युठान २५ असोज । प्युठानमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । हाडजोर्नीमा समस्या भएका र आर्थिक विपन्नता भएका बिरामीहरुलाई सेवा पु¥याउन शिविर सञ्चालन गरिएको हो ।
हाडजोर्नी विशेषज्ञ डा । मुक्ति तिमल्सीनाको नेतृत्वमा १३ जनाको टोलीले चेकजाँच गरेका छन । जिल्ला स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा संञ्चालित शिविरबाट जम्मा ६ सय १७ जना बिरामीले सेवा लिए भने ३९ जनाको सल्यक्रिया भएको छ । २८ जना पुरुष र ११ जना महिलाको सल्यक्रिया गरिएको आयोजकले जनाएको छ ।
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको आर्थिक सहयोगमा शिविर सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जानकारी दिएको हो ।

Post a Comment

Previous Post Next Post