सिपि पाैडेल असाेज ११ स्वर्गद्धारी । राेल्पा जिल्ला सुवर्णावती गाउँपालिका वडा नं २ खुंग्रीमा शंखेकिरा नियन्त्रण अभियान संचालन गरिएको छ ।स्थानीयहरुले लगाएको वालिनालीहरु नष्ट गर्ने थालेपछी वडा अध्यक्षको पहलमा उक्त अभियानको थालनी गरिएको वडा अध्यक्ष नेत्र बहादुर गिरीले बताउनुभयो ।
स्थानीयहरुले आफ्नो जीविकोपार्जनको लागि गरेको तरकारी खेती, अन्न वालिमा विगत तिन वर्ष देखि व्यापकरुपमा शंके किराको संक्रमण देखिन थालेको स्थानीय बिपेश हमालले बताउनुभयो ।

स्थानीयले शंखे किराको प्रकोप व्यापक हुन थालेपछी वडा कार्यालयको अगुवाईमा प्रति केजी १५ रुपैयाको दरले संकलन गरि नष्ट गरिदै आएको गिरीले बताउनुभयो ।
किराको प्रकोप नियन्त्रण गर्नको लागि जिल्ला कृषि विकास कार्यालयले १० केजी निलोतुथो उपलव्ध गराउन बाहेक कसैले पनि पहल गरेको छैन ।
संकलन गरेकाे शंखे किरा नष्ट गरिएकाे
Post a Comment