स्वर्गद्वारी असोज, ०७ प्यूठान । जिल्लामै पहिलो पटक मोसफलमा सदरमुकाम बाहिरवाट प्रकाशनमा आएको माडीखवर साप्ताहिक पत्रिकाले आफ्नो प्रकाशनको पहिलो वर्ष आज शनिवार विभिन्न कार्यक्रम गरी मनाएको छ । माडीखवर साप्ताहिकको आयोजना तथा स्वर्गद्वारी नगरपालिकाको सहयोगमा पहिलो चरणमा “आफै गरौं नपरौ कसैको भर सफा सुन्दर स्वर्गद्वारी नगर” भन्ने मूल नाराको साथ दिर्घकालिन रुपमा नगर सरसफाई अभियान अन्तरगत स्वर्गद्वारी नगरपालिकाको मुटुमा रहेको मुख्य व्यापारिक केन्द्र भिंग्री बजार देखि जलुके सम्म सरसफाई गरिएको छ ।
स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख नेत्र बहादुर रोकायले व्यानर पढेर औपचारीक रुपमा सरसफाई अभियानको थालनी गरिएको थियो ।
सरसफाई अभियानमा स्वर्गद्वारी नगरपालिकाका नगर मेयर नेत्र बहादुर रोकाय, उपप्रमुख गोमा रेग्मी, वडा अध्यक्षहरु कार्यकारी अधिकृत तुल्सीराम गैरे, इलाका प्रहरी कार्यालय भिंग्री, उद्योग बाणिज्य संघ, स्वर्गद्वारी बजार इलाका ज्योती विकास बैंक, साइन रेसुङगा बैंक, इलाका हुलाक कार्यालय, भिंग्री बजारका व्यापारी, प्राथमिक स्वास्थय केन्द्र भिंग्री, विभिन्न राजनीतिक दल, पत्रकार लगायत सबै तह र तप्काका व्यक्तिहरुको सहभागितामा उक्त सरसफाई अभियान सुरु गरि अन्त्य गरिएको थियो सरसफाई अभियानको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख रोकायले यस माडीखवर साप्ताहिक पत्रिकाले कलमको माध्यवाट मात्र नभएर हातले पनि यो प्रसंसनीय कार्य गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । यस्तै कार्यक्रममा यो नगरमा रहेको बजार सरसफाई अभियानलाई निरन्तर रुपमा लैजाने र सुन्दर सफा र स्वच्छ नगर बनाउने नगरवासीले प्रतिवद्धता जाहेर गरेका थिए ।
यस्तैवीच माडीखवर साप्ताहिकले वार्षिक उत्सव कार्यक्रम अन्तरगत मिडिया मैत्री नगरका लागि सरोवकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ ।
माडीखवर साप्ताहिक पत्रिकाका प्रकाशक एवं प्रधान सम्पादक गोविन्द विश्वकर्माको सभातित्वमा भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथी नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष महावीर राना रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथी नगर मेयर नेत्र बहादुर राेकाय रहनुभएकाे थियाे त्यस्तै अन्य अतिथीहरु नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका पूर्वअध्यक्ष खेम बुढा, नेपाल पत्रकार महासंघ प्यूठानका निर्वतमान अध्यक्ष गिरु भडारीको आतिथ्यता रहेको थियो ।

त्यस्तै अतिथीहरुमा नागरिक दैनिक पत्रिकाका रोल्पा समाचारदाता दिनेश सुवेदी, नयाँ पत्रिका दैनिक रोल्पाका समाचारदाता एवं सनस्टार साप्ताहिकका सम्पादक नवीन लोचन मगर, पत्रकार महासंघ प्यूठानका उपाअध्यक्ष एलवी थापा, प्रेस सेन्टर प्यूठानका अध्यक्ष नोमराज पौडेल, प्रेस चौतारी प्यूठानका अध्यक्ष विजयसिंह भारती, प्रेस यूनियन प्यूठानका सचिव सिटी पोख्रेल, क्रान्तिकारी पत्रकार संगठन प्यूठानका अध्यक्ष हरी भण्डारी, प्रेस सोसाइटी प्यूठानका अध्यक्ष राम बहादुर विक, प्यूठान भिज मासिकका जायश्वर जैसी, अन्नपूर्ण पोष्ट दैनिक प्यूठानका समाचारदाता केशर रोका, नयाँ पत्रिका दैनिक प्यूठानका शसिधर भण्डारी, जनप्रतिनिधि स्थानीय, राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी व्यापारीहरुको उपस्थिती रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा कार्यक्रममको कार्यपत्र प्यूठान जिल्ला पत्रकारका निवर्तमान अध्यक्ष गिरु भण्डारीले प्रस्तुत गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरले माडीखवर साप्ताहिक माडी क्षेत्रको एउटा मात्र मिडिया भएकाले यसलाई स्तर उन्नती गर्ने र यसको संरक्षणको लागि सरोवकारवालाहरुले ध्यान दिन जरुरी रहेको बताएका थिए ।यस्तै बक्ताहरुले यस पत्रिकालाई अझै प्रभावकारी स्तरीय बनाउदै लैजानको लागि प्रत्रिकालाई सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख नेत्र बहादुर रोकायले यस पत्रिकाको स्तर उन्नती र संरक्षणको लागि हरदम तयार रहेको बताउनुभएको थियो ।
प्रमुख अतिथी रानाले माडी क्षेत्रमा लुकेर रहेका समाचारहरुलाई माडीखवरले अझै सशक्त रुपले उठाउनु पर्नेमा जोड दिनुभएको थियो । साथै उहाँले त्यसका लागि महासंघले सक्ने सबै खाले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा नै बोल्दै विशिष्ट अतिथी द्धय काशिरा डाँगी र खेम बुढाले माडीखवर साप्ताहिकले दुई जिल्लाई जोड्नको लागि गरेको प्रयास प्रंसशानीय रहेको बताउदै पत्रिका अझै माझिएर स्तरीय बनाएर पाठक समक्ष पस्कनको लागि सुझाव समेत दिनुभएको थियो ।
कार्यक्रममा वर्षभरीको उत्कृष्ट रिर्पोटर, बार्षिक विज्ञापन दाता, प्रत्रिका पकाशनमा निरन्तर सहयोग गर्ने सबैलाई सम्मान गरेको थियो ।
केन्द्र प्रकाश पिविको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन माडीखवर सहकर्मी सिपि पौडेलले गर्नुभएको थियो ।
Post a Comment