स्मृती घर्ती मगर प्यूठान ०२ असोज । जिल्लामा रहेका सरोकारवाला निकाय संग "स्थानिय निकायमा सहकारीको समस्या, अबसर र चुनाैती" बिषयक १ दिने अन्तरक्रिया कार्यक्रम आज होटल आयुष्मा जुम्रीमा सम्पन्न भएको छ।
जिल्ला सहकारी लिमिटेडका अध्यक्ष जिवलाल न्याैपानेको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर घिमिरे रहनु भएको थियो। भने विशेष अतिथि डिभिजन सहकारी कार्यलयका सहकारी अधिकृत विनोद घिमिरे रहनु भएको थियो।
जिल्ला सहकारी संघ लिमिटेडका सचिव राधा अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सदस्य शुसिला पोख्रेलले गर्नु भएको थियो।
कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधि र सरोकारवाला निकायहरुलाई जिल्लाको स्थानिय तहमा रहेको सहकारीको समस्या, अबसर र चुनाैतीको बिषयमा जानकारी गराई सहभागिहरुलाई सहकारीको बिषयमा सचेट गराइएको थियो। साथै नेपालको संबिधान २०७२ ले ब्यवस्था गरेको सरकारी, निजि र सहकारीलाइ तिन खम्वाको रुपमा स्थापित गर्नका लागि कस्तो भुमिका खेल्न सकिन्छ भन्ने विषयमा विशेष छलफल गरिएको थियो।
त्यस्तै कार्यक्रममा "स्थानिय निकायमा सहकारीको समस्या, अबसर र चुनाैती" बिषयक कार्यपत्र पनी प्रस्तुत गरिएको थियो। कार्यपत्र माथि व्यापक छलफल गरि सरोकारवाला निकायले सहकारीका विषयलाई सम्वोधन गर्न प्रतिवद्द रहेको समेट जनाएका छन्। साथै सहकारी देशको प्रमुख अर्थतन्त्र को खम्वा रहेको कुरामा पनी जोड दिएका छन्।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर घिमिरेले सहकारीको जुनसुकै क्षेत्रमा पनी आु सहयोग गर्न तयार रहेको वताउनु भएको छ।
"स्थानिय निकायमा सहकारीको समस्या, अबसर र चुनाैती" बिषयक १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
Swargadwari Online
0
Comments
Tags
News
Post a Comment