Header Ads

तस्वीर : केन्द्र प्रकाश पिवि
गाेविन्द विश्‍वकर्मा  प्यूठान असोज ०३ गते स्वर्गद्वारी । गयराती देखि परेको अविरल वर्षाका कारण स्वर्गद्वारी नगरपालिका वडा नं –४ भिंग्रीमा रहेको श्री चन्द्रेश्वरी प्रावि पूर्णरुपमा डुवानमा परेको छ भने त्यस विद्यालय नजिकैका बस्ती नै जोखिममा रहेको छ ।
भिंग्री स्वर्गद्वारी जोड्ने मोटर वाटोको स्तर उन्नती गर्दा कटान गरिएको माटो पानीले बगाएर विद्यालय सहित बस्तीमा ल्याउदा डुवान परेको छ ।
लेदोको कारणले गर्दा विद्यालय पूर्णरुपमा र त्यस क्षेत्रमा रहेका विद्यालय आसपासका घरहरुमा समेत पानी सहितको माटोले भरिदा स्थानीयको जनजीवन कष्टकर हुनका साथै हिड्डुल गर्न समेत समस्या भएको प्रभावित क्षेत्रका स्थानीयहरुले बताएका छन ।
विद्यालका कक्षा कोठा सम्म लेदो गएर भरिएकाले विद्यालयको पठनपाठन समेत प्रभावित हुने भएको छ ।
प्रभावित क्षेत्रमा मंगलवार विहान स्वर्गद्वारी नगरपालिका मेयर नेत्र वहादुर रोकाय, वडा नं ६ का वडा अध्यक्ष टेक प्रसाद भट्राई, स्वर्गद्वारी बजार ईलाकाका अध्यक्ष टेक प्रसाद भण्डारी, होटेल व्यवसायी संघ प्यूठान स्वर्गद्वारी ईलाकाका अध्यक्ष टीकाराम भण्डारी लगायतको टोलीले अवलोकान गरेको छ ।
प्रभावित क्षेत्रमा पुग्नु भएका स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्र बहादुर रोकायले स्वर्गद्वारी नगरपालिकाको विपद् व्यवस्थापन कोषमा ३५ लाख मात्र रहेको र उक्त रकमले उत्पन्न समस्याको समाधान गर्न नसकिने भएकाले जिल्ला नेतृत्वलाई खवर गरिएको जानकारी दिनुभयो साथै उहाँले जिल्ला वाट नेतृत्व टोली आउने र आफ्नो नगरपालिको बैठक प्रभावित क्षेत्रमा उद्धार एवं राहतको लागि आवश्क निर्णय लिइने मेयर रोकायले बताउनुभयो ।
त्यहाँ उपस्थित नगरपालिकाका मेयर, समाजसेवी, स्थानीय, राजनीतिक दलका प्रतिनिधिहरुले वस्ती जोखिममा परेकाले अव उक्त मोटर वाटोको विकल्प खोजिनु पर्नेमा जोड दिएका थिए ।




प्रभावित क्षेत्रकाे अवलाेकनमा मेयर नेत्र बहादुर राेकाय

Post a Comment

Previous Post Next Post