Header Ads

मनिषा राई रोल्पा भाद्र २३ । ५१ औं साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवसका अवसरमा श्री वालकल्याण नमुना मावि लिवाङ रोल्पाले शैक्षिक बर्ष २०७३ को बार्षिक परिक्षामा उत्तीर्ण कक्षा नर्सरी देखि कक्षा १० सम्मका बिधार्थीहरुलाई पुरस्कार बितरण गरी मनाएको छ ।

बाल कल्याण उ.मा.वि. व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै बिधालयका प्रअ मधुशुदन पोख्रेलले आगामी आउदो दिनहरुमा विद्यालयलाई नमुना बिधालयबाट क्षेत्रिय स्तर सम्म पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

साथै दिबशको अवसरमा आईएमई राप्ती अञ्चल प्रमुखद्धारा २०७३ सालका जेहेन्दार बिधार्थी कक्षा ९ का सम्झना रेग्मी लाई ग्लोबल आईएमई आंकाङ्क्षी छात्रावृत्ति स्वरुप रु १० हजार रुपैया हस्तान्तरण गर्नुभएको थियो । बिधार्थी रेग्मीले ग्लोबल आईएमई आकाङ्क्षी छात्रावृत्ति पाउँदा आफु धेरै खुसी भएको बताउनुभयो ।

ग्लोबल आईएमई शाखा प्रबन्धक प्रविन आचार्य लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन बिधालयका शिक्षक हरी प्रसाद घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा बिधालय व्यवस्थापन समितिका पदाधिकारीहरु, बिधालयका सम्पुर्ण शिक्षक शिक्षिका, विद्यार्थी, खेलाडी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

Post a Comment

Previous Post Next Post