
बहुचर्चित लोक तथा दोहोरी गायक माधब थापा सुमधुर स्वरकी धनी गायिकाहरु चिनु घर्ति र तारा थापाले एकसाथ दशैँ गीत गाएका छन् ।
दशैँ राम्रो लाहुरे घर आउनाले बोलको गीतलाई भिडियोले अझै जिबन्त बनाएको छ । मौलिक श्रीजनाका खानी माधब थापाकै लय र शब्द रहेको छ ।
अहिलेकी चर्चित मोडल रीना थापा, दिपक बस्नेत, बिदुर आपगाई र नमराज ढुंगानाको अभिनय रहेको भिडियोलाई निर्देशन देवेन्द्र पाण्डेले गरेका छन ।
तेसै गरि चक्र बराल ( बाशु ) को छायांकन रहेको छ भने अनुप सिवाकोटीको सम्पादन रहेको छ । यो भिडियोलाई सम्पूर्ण फिल्मस् ले निर्माण गरेको हो ।
धेरै दशैँ गीतहरुको भिडमा यो गीत एउटा सफल गीत बनोस खबर सम्पूर्ण परिवारको तर्फ बाट लाखौ लाख शुभकामना ।
भिडियो
Post a Comment