Header Ads

प्यूठान भाद्र २४ । विशेषगरि, युटुबमा दर्शक बढाउने नाममा गायक गायिकाहरुले आफ्नो संकृतीलाई विर्सन मात्र होइन, सोझै मार्न थालेका छन् । सर्जक हरुले शब्दको प्रयोगमा छाडापन भित्राइरहेका छन् । अझ, भिडियोको त कुरा नै नगरौ तर पछिल्लो समय एउटा यस्तो मौलिक सदवाहार गीत तथा भिडियो बजारमा आएको छ यो गीतको जति चर्चा गरे पनि लोक संगीतमा कम हुन्छन ।
बिशेष गरि मौलिक गीतलाई पहिलो प्रथामिकतामा राख्ने गीतकार नेत्र अर्यालले शब्द श्रीजना गरेका हुन भने रोहित मल्लले पनि निकै मिठो मौलिक लय भरेका छन । “तामे करुवा” बोलको यो गीतमा सधै मौलिक श्रीजनालाई पहिलो प्रथामिकतामा राख्ने गायक तथा सर्जक खेम सेन्चुरीले सुमधुर स्वर भरेका छन ।
तेसै गरि लोक संगीतमा एउटा आश लाग्दो गायिका जानुका तामाङ्गले पनि गीतलाई उतिकै न्याए दिएर गायकी छिन । यो गीतको भिडियो पनि बिशेष बनेको छ कुन अर्थमा बिशेष भने अहिलेका चर्चित गायक रामजी खाणलाई फरक लुक्समा हेर्न सकिन्छ यो गीत संगै रामजीले पनि अन्ने गायकको स्वरमा रहेको गीतमा पनि व्यावसायिक मोडलको रुपमा काम गर्न थालेका छन। रामजी संगै रबिन थापाको पनि उकृष्ट कमेडी यो भिडियोमा हेर्न सकिन्छ ।
तेसै गरि सबैको मन मनमा लेखियको नाम सदावाहार मोडल तथा नायिका रन्जिता गुरुङको पनि उतिकै जीवन्त अभिनय गरेकी छिन । भिडियोलाई अहिलेका चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन । भने करण चैसिरले छाँयाकन गरेका छन । भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन गीत तथा भिडियोलाई सस्कृति म्युजिक प्रा लि ले बजारमा ल्याएको छ ।
यो टिमको अन्ने गीतहरु जस्तै यो गीत पनि एउटा सफल गीत बनोस खबर सम्पूर्ण परिवारको तर्फा बाट लाखौलाख शुभकामना ।


Post a Comment

Previous Post Next Post