स्मृती घर्ती मगर प्यूठान ३१ भदाै । जिल्लाका नव निर्वाचित जन प्रतिनिधिहरु संग शनिवार बाल अधिकार र जिल्लामा बालबालिकाको सवाल बिषयक अन्तरक्रिया कार्यक्रम उह्याेग बाणिज्य संघको सभाहल खलंगामा सम्पन्न भएको छ।जिल्ला वाल कल्याण समिति प्यूठानका अध्यक्ष मेघराज भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य तथा विषय बस्तुको उद्देश्य माथि निमित्त महिला विकास अधिकृत माया श्रेष्ठले प्रकाश पार्नु भएको थियो।
जिल्ला वाल कल्याण समिति प्यूठानको आयोजनामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्य, उप प्रमुख पदम थापा, स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्र वहादुर रोकाय, प्रमुख जिल्ला अधिकारी डा कृष्ण वहादुर घिमिरे, स्थानीय विकास अधिकारी इन्द्र प्रसाद वस्याल, शेभ द चिल्ड्रेनको कार्यक्रम संयोजक लगायत अतिथिको रुपमा रहनु भएको थियो।
त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका पदाधिकारी, प्यूठान जिल्लाका गाउ तथा नगरपालिका प्रमुख/उपप्रमुख, जिल्ला वाल सञ्जाल समिति प्यूठानका पदाधिकारी, जिल्लामा वालवालिको पक्षमा काम गर्दै आएका संघ संस्था लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा कृष्ण वहादुर घिमिरेले बालबालिका संवन्धि राष्त्रिय अन्तराष्टिय कानुनी ब्यवस्था र वाल अधिकार पृष्ठभुमी वारे जानकारी दिनु भएको थियाे । त्यस्तै स्थानिय विकास अधिकारी इन्द्र प्रसाद वस्यालले वाल मैत्री शासन र स्थानिय तहले खेल्नु पर्ने भुमिका वारे जानकारी गराउनु भएको थियो।
वालवालिका अधिकृत यादब खनालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला वाल कल्याण समिति प्यूठानका अध्यक्ष तथा अन्तरक्रिया कार्यक्रमका अध्यक्ष मेघराज भट्टले जिल्लामा वाल विवाह विरुद्दको अभियान र वाल विवाह मुक्त क्षेत्र गर्ने प्रकृयालाई तिव्र गतिमा सञ्चालन गर्नु पर्ने वताउनु भएको थियो।
कार्यक्रममा सहभागिहरुले आफ्नो मन्तब्य राख्दै वालवालिका प्रति आफुहरु सवै संवेदनशिल रहेको र आगामी दिनमा अझै सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेट ब्यक्त गरेका छन्।
Post a Comment