Header Ads

मनिषा राई, साउन १७ रोल्पा ।  स्थानीय तह अन्तरगत संरचना अनुसार जिल्ला समन्वय समिति गठन हुने भएपछि यही साउन २७ गते रोल्पामा निर्वाचन हुने भएको छ । मुख्य निर्वाचन अधिकृत कमल प्रसाद ज्ञवालीका अनुसार यही साउनको २७ गते हुने निर्वाचनका लागि २० जना उम्मेदवारहरु मैदानमा उत्रिएका छन् । उनीहरुबाट भोटको अन्तिम नतिजाका आधारमा जिल्ला समन्वय समिति गठन हुने भएको छ ।
यसका लागि साउन १८ गतेबाट मतदाताहरुको नामावली प्रकाशनका लगायतका कार्यहरु शुरु हुने भएकाले जिल्ला निर्वाचन कार्यालयको समेत उदघाटन भएको छ । उद्योग बिकास समितिको शाखा कार्यालय रहेको स्थानमा मतदानका लागि निर्वाचन अधिकृतको कार्यालय उदघाटन भएको हो ।

Post a Comment

Previous Post Next Post