Header Ads

गोविन्द विश्वकर्मा स्वर्गद्वारी प्यूठान श्रावण १७ ।  नेपाली नारिहरुको महान पर्व हरितालिका तीज पनि एमदमै नजिकिदै छ । तीजको अवसर पारेर विभिन्न कलाकारहरुले तीजका गीतहरु बजारमा ल्याइरहेका छन । २०७४ सालको तीजलाई लक्ष्ति गरी रेखिराम वियोगी भेग सिर्पाली र बसन्त सुनारको संयुक्त प्रस्तुतीमा सबैलाई नचाउने निर जाले नाचिन्छ मजाले बोलको बबाल तीज गीत सार्वजनिक भएको छ ।
पछिल्लो पुस्ताकी चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र भेग सिर्पालीको सुमधुर स्वरमा रहेको तीज गीतको शव्द सिर्जना रेखिराम वियोगीले गर्नुभएको छ भने संगीत अत्यन्तै लोकप्रिय एवं व्यस्त सर्जक किरण बाबु पुनकोे रहेको छ ।
हिम सम्झौता डिजिटल प्रालिले बजार व्यवस्थापन गरेको यस म्यूजिक भिडियोको निर्देशन एकिन्द्र सारा शंकरले गर्नुभएको हो । करण चैसिरले छायांकन गर्नुभएको यस म्यूजिक भिडियोको सम्पादन अमर शाक्यले गर्नुभएको छ ।
चर्चित मोडल करिश्मा ढकाल, सुर्य विश्वकर्मा, हिमा रोका क्षेत्री र विशाल क्षेत्रीका म्यूजिक भिडियोमा नृत्य रहेको छ । गीतले सबैखाले दर्शक श्रोताको मन जितोस् शुभकामना

Post a Comment

Previous Post Next Post