Header Ads

गोविन्द विश्वकर्मा श्रावण १९ स्वर्गद्वारी ।  गत आर्थिक वर्षमा प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीवाट १५ हजार २१ जनाले स्वास्थ्य सेवा लिएका छन । १४ हजार ८ सय ३ जना ५ वर्ष भन्दा माथिका र १५ सय ४० पाँच वर्ष मुनीका गरी जम्मा १५ हजार २१ जनाले स्वास्थ्य सेवा लिएको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीले जानकारी दिएको छ ।
स्वास्थ्य केन्द्रको वार्षिक तथ्यांक अनुसार २ सय १८ जनाले यस स्वास्थय केन्द्रवाट सुरक्षित मातृत्व सेवा लिएका छन भने २ सय ९८ जनाले गर्भवती चेक गराएको बताइएको छ ।
यस्तै परिवार नियोजन तर्फ पिल्स खाने ६२ जना, डिपो सुई १ सय २८ जना आयूसिडि १ सय ३६ जना रहेका छन ।
त्यस्तै अन्तरंग सेवा ४ सय वढिले प्राप्त गरेको स्वास्थय केन्द्र स्रोतले बतएको छ भने आकस्मिक सेवा तर्फ ९ सय २५ जनाले सेवा लिएको स्वास्थ्य केन्द्रले जानकारी गराएको छ ।
विशेष गरेर प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री रोल्पा र प्यूठानको सिमानामा पर्ने भएकाले यहाँ प्यूठानका मात्र नभएर रोल्पा जिल्लाका सेवाग्राहीहरुले समेत यहाँवाट स्वास्थ्य सेवा लिने गरेका छन ।
प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिकाका सबै वडा का साथै अन्य गाउँपालिका रोल्पा जिल्लाको साविकका खुंग्री, हरीगाउँ, घोडागाउँ मिझिङका केही वडाहरुका विरामीहरु यस स्वास्थ्य केन्द्रमा आएर स्वास्थ्य सेवा लिने गरेको डा. पौडेलले माडीखवरलाई जानकारी दिनुभयो ।

Post a Comment

Previous Post Next Post