Header Ads

मनिषा राई साउन १९ रोल्पा ।  रोल्पाका अधिकाँश स्थानमा फोनसुचारु प्रभावित बन्दै गएपछि सेवाग्राही हर्षित भएका छन् । पुर्वी रोल्पाका गाम, फगाम, सेरम, जेल्बाङ, उवा, सिउरी लगायतका स्थानमा केही समय अघि सम्म नियमित नभएका नमस्ते तथा स्काईको फोनसेवा आजभोली नियमित बन्न थालेपछि सेवाग्राही हर्षित भएका छन् । पुर्वी रोल्पाको सेरममा रहेको टावरले प्रभावकारी काम गरेपछि त्यसक्षेत्रका सेवाग्राहीहरुले नियमित फोनसेवा पाउन सकेको नेपाल टेलिकम रोल्पाले बताएको छ ।
त्यस क्षेत्रमा रहेका नेपाल टेलिकमका टावरले आजभोली राम्रो काम गरेपछि सेवाग्राहीहरु समस्या मुक्त भएका छन् । यसैबिच नेपाल टेलिकम रोल्पाले जेल्बाङमा पुगेर सुनछहरी गाउँपालिकाको सहयोगमा सीमकार्ड बितरण गरेको छ । सुनछहरी गाउँपालिका प्रमुख आशबहादुर पुन रक्तिमले स्थानियहरुलाई सीमकार्ड बितरण गरेको बताउनुभएको छ ।

Post a Comment

Previous Post Next Post