Header Ads

प्यूठान २२ साउन एलिसा बस्नेत । श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि प्युठानका किसानहरु हाते ट्रयाक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । जिल्ला कृषि विकास कार्यालय प्युठानले सहुलियत अनुदानमा ट्रयाक्टर वितरण गर्न थालेपछि उनीहरुले ट्रयाक्टरको प्रयोग बढाएका हुन् ।
जिल्ला कृषि विकास कार्यालयले आर्थिक वर्ष ०७३र७४ मा ४० वटा हाते ट्रयाक्टर वितरण गरेको जिल्ला कृषि विकास कार्यालय प्युठानले जनाएको छ । कृषकको माग अनुसार ट्याक्टर ल्याएको बरिष्ट कृषी बिकास अधिकृत मधुसुदन घिमिरेले जानकारि दिनुभयो । अझै पनी दिनप्रतिदिन माग बढिरहेकाे उहाले बताउनुभयो ।
छिटो छरितो बेमौसमी खेती गर्ने कृषकलाई ट्रयाक्टर महत्वपुर्ण हुदै गएको छ । खेत तथा बारीको कुनाकाप्चासम्म सजिलै जोत्न सकिने भएकाले किसानले यसको महत्व बुझदै गएको अधिकृत घिमिरेले बताउनुभयो ।
गोरुमार्फत खेत जोत्दै आएका किसानले ट्रयाक्टरको प्रयोग गर्दा खेतको सबै स्थानमा एकै नासले जोत्न सकिने कृषकहरुले बताएका छन् ।कृषिमा यान्त्रीकरणको प्रयोग गर्नेको सङख्या आगामी आर्थिक वर्ष अझ बढ्ने जिल्ला कृषि विकास कार्यालय प्युठानले जानकारी दिएको छ ।

Post a Comment

Previous Post Next Post