मनिषा राई, रोल्पा २२ साउन । दोस्रो चरणमा स्थानीयतहको निर्वाचन २०७४ साल असार १५ गतेमा सम्पन्न भएपछि अब जिल्ला समन्वय समिति रोल्पाको अध्यक्षमा राजबहादुर बुढामगर ‘अविनाश’ हुनु हुने भएको छ । नेकपा (माओवादी केन्द्र) ले बुढामगरलाई समन्वय समितिका अध्यक्ष पदका लागि उमेदवार दिन निर्णय गरेपछि उहाँ अध्यक्ष बन्ने पक्का भएको हो ।
रोल्पा जिल्लामा रोल्पा नगरपालिका र ९ वटा गाउँपालिका गरी १० वटा स्थानीयतह छन् । स्थानीयतहको निर्वाचनमा रोल्पा नगरपालिकासहित ६ वटा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का उमेदवार विजयी भएका छन् । यसैगरी नेकपा एमाले २ वटा र नेपाली कांग्रेस १ वटा गाउँपालिका विजयी भएका छन् । रोल्पा जिल्लासभा जिल्ला समन्वय समितिमा २० जनाको जिल्ला सभा भएको छ । २० जना मध्ये १४ जना नेकपा (माओवाद केन्द्र) का तर्फबाट, ४ जना नेकपा एमालेका तर्फबाट र २ जना नेपाली कांग्रेसका तर्फबाट विजयी जिल्ला सभा सदस्य रहेका छन् ।
दुइखोली गाउँपालिका १ नं. वडापालिका कुरेलीका राजबहादुर बुढामगर ‘अविनास’ अध्यक्षपदमा, रुन्टीगढी गाउँपालिका वडा पालिका ७ का विमला बुढामगर उपाध्यक्षपदमा, सदस्यहरुमा रोल्पा नगरपालिका वडा नं. ८ जंकोटका कर्मलाल परियार, दुइखोली गाउँपालिका वडा नं. ७ रांकोटका खमिता राना, थबाङ
गाउँपालिका वडा नं. ३ मिरुलका सर्मिला बुढामगर, त्रिवेणी गाउँपालिका वडा नं. ७ का मानबहादुर के.सी., लुङ्ग्री गाउँपालिका वडा नं. ७ मिना पुनमगर, सुनछहरी गाउँपालिका वडा नं. ७ जेलबाङका धनबहादुर पुनमगर, सुकिदह ३ जिनाबाङका लोकमन वलीले उमेदवारी दिनुभएको छ । कुरेलीमा २०२२ साल बैशाख २२ गते जन्मिनु भएका राजबहादुर बुढामगर २०४९ साल
फागुन २५ गतेदेखि पूर्णकाली रुपमा भूमिगत हुनुभएको थियो ।
वर्गसंघर्षदेखि राजनीतिक यात्रामा आवद्ध हुनुभएका राजबहादुर बुढामगर रोल्पा जिल्लाको विभिन्न पार्टीका संगठन कमिटीमा काम गर्दै २०५४ साल देखि २०६८ सालसम्म जनमुक्ति सेनाको विभिन्न मोर्चामा काम गर्नुभएको थियो ।
Tags
News
Post a Comment