साउन १६, प्युठान । प्यूठान जिल्लामा नमस्ते प्यूठान यातायात सेवा प्रालि सञ्चालनमा आएको छ ।
प्रालिले आज जुम्रिबाट दिउसो साढे तिन बजे ना ६ ख ९१२३ नम्वरको बस २५ जना यात्रु लिएर काठमाण्डौको लागि छुटेको हो ।
त्यस्तै काठमाण्डौ बाट ना ७ ख २६२ नम्वरको बस २२ जना यात्रु लिएर प्यूठानको लागि छुटेको समितिका सचिव दिलबहादुर दसौदीले जानकारी दिएका छन ।
२०७३ बैशाख २२ गते दर्ता भएपनि विभिन्न समस्याले गर्दा झण्डै १४ महिनापछि सेवा शुरुगर्न लागिएको अध्यक्ष लिलापसिंह केसीले बताए । उनका अनुसार प्रालिका ४ वटा डिलक्स बस प्यूठान आईसकेको छ ।
४ करोडको लगानीमा ६ वटा डिलक्स बस आईसकेको र मिनि बस समेत बन्ने क्रममा रहेको बताए । जिल्लाका यात्रुहरुको समस्यालाई मध्यनजर गरि युवाहरुको सक्रियतामा प्रालि सञ्चालन गरेको उनले जानकारी दिए ।
Post a Comment