गोविन्द विश्वकर्मा श्रावण २१ प्यूठान । नेपाली लोकदोहोरी गीत क्षेत्रकै चर्चित गायिका बिष्णु माझीको २०७४ सालको तीज गीत सार्वजनिक भएको छ ।
बर्षेनी उत्कृष्ट तीजको गीत दर्शक श्रोताको लागि पस्किदै आएकी चर्चित गायिका बिष्णु माझिले अहिलेको तीजको अवसर पारेर अल्झायो फरिया अरेली काँडैले नामक सबैलाई नचाउने मिठो अनि धमाकेदार तीज गीत लिएर आएकी छिन । भिडियाे हेर्नकाे लागि तलकाे लिंक क्लिक गर्नुहाेस् ।
गायिका बिष्णु माझिको सुमधुर स्वर रहेको यस गीतको लय शव्द सृजना सुन्दरमणी अधिकारीले गरेका छन चर्चित निर्देशक शिव विकले निर्देशन गरेको यस म्यूजिक भिडियोको छायांकन शम्भु चालिसेले गरेका हुन भने सम्पादन सुजन शाहीले गरेका गीतको म्यूजिक भिडियो पक्षले जानकारी गराएको छ ।
विनु सुवेदी लगायत दर्जन बढि कलाकारहरुको नृत्य रहेको यस म्यूजिक भिडियोको बजार व्यवस्थापन सपना म्यूजिक प्रालिले गरेको छ ।
सबैको प्रतिक्षाको घडि बनेको बिष्णु माझीको तीज गीत बजारमा सार्वजनिक भएसंगै चर्चा परिचर्चा बटुल्न सुरु गरेको छ । गीत अझै सफल बनोस् शुभकामना ।
लाेकदाेहाेरी क्षेत्रकी चर्चित गायिका विष्णु माझीकाे २०७४ सालकाे तीज गीत सार्वजनिक
Swargadwari Online
0
Comments
Tags
Entertainment
Post a Comment