Header Ads

स्वर्गद्धारी प्यूठान श्रावण २२ ।   गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारको आगमी २०१७-२०१९ कार्यकालको लागि नयाँ नेतृत्व चयनको प्रक्रिया प्रारम्भिक चरणमा रहेको बेला गायिका देवीका के.सी गुुरुङले उपाध्यक्ष पदका लागी उमेदवारी दिएकी छिन् ।
विगत केही वर्षदेखि उनी कतारमा रहेर,यहाँ कार्यरत नेपाली समुदायसँग नजिक रहेर सुखदुखमा सहकार्य गर्दै आइरहेकी गायिका देवीका सामाजिक जिम्मेवारी बहन गर्दै सामाजिक संस्थाको नेतृत्व तहमा नै रहेर अरू सशक्त रूपमा सामाजिक कार्यमा लाग्ने अभिलासा बोकेर अगाडी बढ्ने भन्दै उपाध्यक्ष पदका लागि उमेदवारी दिएको लोकप्रिय गायिका देविका केसिले बताउनुभयो ।

उपाध्यक्ष पदमा नै गायिका देवीका गुुुरुङको उमेदवारी किन ?

खाडी मुलुक कतारमा धेरै नेपाली महिलाहरू पनि कार्यरत हुनु हुन्छ । विभिन्न माध्यमबाट उहाँहरूले पनि नेपाली समाजमा उल्लेख्य योगदान पुर्‍याउदै आउनु भएको छ । यद्यपि सामाजिक सङ्घ संस्थाको नेतृत्व तहमा महिलाहरूको उपस्थिति निकै कम्जोर अवस्थामा रहेको छ । एनआरएनए जस्तो साझा संस्थामा महिलाहरूको नेतृत्व होइन कि सहभागिता समेत निकै कम्जोर छ । एनआरएनए एनसीसी प्रति नेपाली महिलाहरूको आकर्षण बढाउन पनि मेरो उमेदवारी जरुरी देखेकी छु ।
मेरो उमेदवारी महिला सहभागिता मात्रै नभएर महिला पुरुष समान भन्ने मान्यतालाई आत्मसाथ गर्दै हामीले पनि नेतृत्व गर्न सक्छौँ भन्ने दावेदारी पनि हो । अधिकांश नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाईहरुको उपस्थिति रहेको कतारको नेपाली समुदायमा महिला श्रमिकहरूको पक्षमा उभिन नेतृत्व तहबाट नै दबाब दिन पनि महिलाको प्रतिनिधित्व हुनु जरुरी छ । एनसीसी कतारको इतिहासमा पहिलो पटक महिलाले उपाध्यक्षमा दावेदारी गरेकी छु । यो केवल दावेदारी मात्रै नभएर अनिवार्य पनि देखिएकोले यहाँ सबैको साथ र सहयोगको अपेक्षा सहित आफ्नो उमेदवारी घोषणा गर्दछु ।

Post a Comment

Previous Post Next Post