Header Ads

स्मृती घर्ती मगर प्यूठान २० ।  श्रावन महिलाहरुको लागि १२ दिने मुडा निर्माण तालिम शुक्रवार देखी प्यूठान नगरपालिका २ अड्डापाटामा सुरु भएको छ।
सल्लेरी सामुदायिक वन उपभोक्ता समिति प्यूठान नगरपालिका २ को आयोजनामा सुरु भएको तालिममा प्यूठान नगरपालिका २ का २० जना महिलाको सहभागिता रहेको छ।
सल्लेरी सामुदायिक वनले महिला लक्षित कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७३ र ७४ मा छुट्ट्याइएको ४० हजार वरावरको लागतमा तालिम सञ्चालन गरिएको सल्लेरी सामुदायिक वनका अध्यक्ष रोम वहादुर जि सी ले जानकारी दिनु भएको छ ।
साविकको प्यूठान नगरपालिका १२ का दलित, जनजाति र आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई लक्षित गरि तालिम सञ्चालन गरिएको तालिम व्यवस्थापन समितिका सहयोगि शोभासिंह खड्काले जानकारी दिनु भएको छ। भने तालिमको सहजिकरण सल्लेरी सामुदायिक वनकी सचिव सुशिला वस्नेतले गर्नु भएको थियो।


Post a Comment

Previous Post Next Post