गोविन्द विश्वकर्मा श्रावण १५ स्वर्गद्धारी । स्वर्गद्वारी नेपालको ५ धाम मध्यको एक धाम प्रसिद्ध धार्मिक तिर्थस्थल स्वर्गद्वारी मा गत बैशाख महिना देखि असार मसान्त सम्म बाह्य र आन्तरिक गरी ४० हजार ३ सय सत्ततर जना दर्शननार्थीहरुले दर्शन गरेका छन ।
दैनिक सयौको संख्यामा दर्शन गर्नको लागि दर्शनार्थीहरु स्वर्गद्वारी पुग्ने गरेको तथ्यांक रहेको छ । विशेष गरेर भारतीय दर्शनार्थीहरुको बाक्लो उपस्थिती देखिने प्रसिद्ध धार्मिक तिर्थस्थल स्वर्गद्वारीमा नेपाली दर्शनार्थी तथा धर्मालम्बीहरुको पनि त्यतिकै आगमन हुने गरेको छ ।
विशेष गरेर बैशाख, श्रावण, भाद्र, मंसिर र माघमा भारतीय दर्शनार्थीहरुको चाप हुने गर्दछ । प्यूठान जिल्लामा मात्र नभएर मूलकभर नै प्रसिद्धि कमाइरहेको पवित्र धार्मिक तिर्थस्थल स्वर्गद्वारीमा आउने दर्शनार्थीहरुको चाप पनि दिन प्रतिदिन बढ्दै गएको छ ।
सामान्य व्यक्तिहरु मात्र नभएर नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरु, सरकारी तथा गैरसरकारी कार्यालय, विभिन्न यूवा क्लव, यूवा समूह, आमा समुह कृषक समूह, सहकारी संस्था विद्यालय लगायत प्रायः सबै खाले व्यक्ति तथा क्षेत्रका व्यक्तिहरु समेत स्वर्गद्वारी दर्शनको लागि आउने गरेका छन ।
स्वर्गद्वारी दर्शन गरेपछी अर्थात स्वर्गद्वारी गएपछी स्वर्ग पुगिन्छ भन्ने धार्मिक विश्वासका कारणले गर्दा पनि यहाँ आउने दर्शनार्थीहरुको लगातार घुइँचो लागिनै रहन्छ अत्यन्तै सुन्दर मनोरम र ऐतिहासिक ठाउँमा अवस्थित रहेको स्वर्गद्वारी मन्दिर सबैखाले धर्मालम्बीहरुको नगर र विश्वासमा परेको छ ।
प्रसिद्ध धार्मिक तिर्थस्थल स्वर्गद्वारीमा ३५० बढि स्थानीय तथा अन्य व्यक्तिहरुले रोजगारी प्राप्त गरिरहेकका छन स्वर्गद्वारी आश्रममा रहेका ४०० बढि गाई तथा गोरुहरुलाई घाँस, पानी, दाना गाठालो मोलसोत्तर र मन्दिर परिसरमा रहेका सबैखाले भौतिक सरफाई गर्नको लागि ३५० जना व्यक्तिहरु परिचालन गरिएको आश्रमका भण्डारका प्रमुख सामु प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
आश्रममा रहेका बस्तु भाउहरुलाई दैनिक १० क्वीन्टल दान खुवाउने गरिएको न्यौपाने जानकारी दिनुभयो । गाई गोरुहरुको संख्या धेरै भएकाले वन जंगलको अभावका कारणले गर्दा गाई तथा गोरुहरुलाई घाँस खुवाउनको लागि सकस परिहेको पनि न्यौपानेले जानकारी दिनुभयो । गाई गोरुलाई घाँस काटेर हाल्नको लागि २५ जना घसौरीहरुले दिनमा दुई भारी काट्दा ५० भारी हुने र त्यो पचाँस भारी ४०० गाई गोरुलाई एक एक गास पनि नपुग्ने गरेको न्यौपानेले बताउनुभयो ।
आश्रममा खटिएका र यहाँ वाहिर वाट आउने दर्शनार्थीहरुलाई भोजनको व्यवस्था गर्दा दैनिक २ देखि ३ क्वीन्टल चामल खपत हुने गरेको आश्रमको व्यवस्थापन पक्षयले जानारी दिएको छ । साथै स्वर्गद्वारी मन्दिरमा १०० जना विद्यार्थी १० जना शिक्षक २५ जना पुजारी २५ जना पुजाका सामानहरु व्यवस्थापन देखि लिएर अन्य कामका लागि खटिएका छन । आश्रममा रहेका गाई तथा गोरुहरुलाई घाँसको समस्या देखिएपछी दाङ वाट घास पराल ढुवानी गरेर ल्याएर खुवाउने गरिएको भयतापनी अचेल वर्षाको समय भएकाले वाटो अवरुद्ध हुदाँ समस्या उत्पन्न भएको भण्डार व्यवस्थापनका समाु प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
स्वर्गद्वारी केहीको दृष्टिमा अवस्य परेको कुरा यर्थात हो तर यसलाई हामीले चाहेको जस्तो र सोचे जस्तो यसालई उपयोग गर्ने र प्रचाप्रसार गर्नको लागि सकि रहेका छैनौं यहाँको भौतिक पूर्वाधार वाटो जोखिम रहेको र वर्षेनी सडक दुर्घटना हुने गरेको छ यसमा सम्बन्धीत निकायले समयमै ध्यान केन्द्रित गरेर स्वर्गद्वारी पुग्नको लागि सुरक्षित सडक र यहाँको व्यवस्थापनलाई अझै प्रभावकारी बनाएर धेरै संख्यामा दर्शनार्थी तथा पर्यटकहरु भित्राएर यहाँ रहेका जनजिविकाको जीवस्तर माथी उठाउन सकिने छ । यसमा सबैले पहल गरौं
तिन महिना भित्र ४० हजार बढिले स्वर्गद्वारीको दर्शन गरे
Swargadwari Online
0
Comments
Post a Comment