Header Ads

गोविन्द विश्वकर्मा श्रावण १६ प्यूठान स्वर्गद्वारी ।  नेपाली नारिहरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु धमाधम बजारमा आइरहेका छन र दर्शक श्रोताहरुको मायाँ पाइरहेका छन ।
तीज एकदमै नजिकै गर्दा अव भने तीजका गीतहरु आउने पर्नि जति बजार आइसके, अव अन्तिममा केही आउने तयारीमा पनि रहेका छन यसै क्रममा हरि बहादुर काफ्ले मगरको तीज  (गीत जोर मादल घुन्न) बजारमा सार्वजनिक भएको छ ।
सुरिलो स्वरकी धनि गायिका अस्मिता राना मगर र हरि बहादुर काफ्ले मगरको स्वरमा रहेको मिठो तीज गीतको संगीत तिर्थ विरक्त पाख्रिन सृजना गर्नुभएको छ भने शव्द हरि बहादुर काफ्ले मगरको नै रहेको छ । याे भिडियाे हेर्नकाे लागि तलकाे लिकं क्लिक गर्नुहाेस् ।
अस्मिता राना मगर, मनोज वराल र राजन मगरतीको नृत्य रहेको यस तीज गीतमा म्यूजिक भिडियो निर्देशन विजय बुढा मगरले गर्नुभएको छ ।
सुरेश श्रेष्ठले छायांकन गर्नुभएको यस म्यूजिक भिडियोको सम्पादन मनोज कार्कीले गर्नुभएको हो । मालती डिटिलले बजार व्यवस्थापन गरेको यस म्यूजिक भिडियोको दृश्य निर्माण कृष्ण फिल्मस् प्रालिले गरको छ । गीतले सबै खाले दर्शक श्रोताको मन जितोस् शुभकामना ।

Post a Comment

Previous Post Next Post