Header Ads

मनिषा राई, साउन १५ रोल्पा । रोल्पा यातायात प्रालिले यात्रुहरुको मागलाई ध्यानमा राख्दै रोल्पा हुँदै दिल्ली सम्म पुग्ने सहज यात्राको ब्यवस्था गरेको छ । कामको शिलशिलामा भारतमा जाने धेरै यात्रुहरु रहेको र उनीहरुको सेवालाई ख्यालमा राखेर रोल्पा हुँदै सिधै दिल्ली सम्मको यात्रा गर्ने ब्यवस्था मिलाईएको रोल्पा यातायात प्रालिका अध्यक्ष मिलन पुनमगरले बताउनुभयो ।
उहाँका अनुसार निकट भविष्यमै यो सेवा उपलब्ध हुनेछ । यसैगरी भोली साेमवारबाट रोल्पाको घर्तीगाउँ, रेउघा हुँदै तुल्सीपुर, दाङ घोराही सम्मको सेवा प्रदान गरिने भएको छ । आरामदायी एसि डिल्कस बस सेवा सन्चालन गरेको यस प्रालिले अब बिभिन्न स्थानबाट समेत सेवा बिस्तार गर्ने भएको छ । हाल रोल्पा काठमाण्डौं र काठमाण्डौं हुँदै रोल्पा सम्मको सेवा सन्चालनमा रहेको छ ।

Post a Comment

Previous Post Next Post