निर्वाचनको विरोध गरिरहेको विप्लव नेतृत्वको उक्त पार्टीले रोल्पा र प्यूठानको सिमानामा दर्जनौ यूवाहरुको उपस्थितिमा मार्चपास गरेको हो ।
सरकारले निर्वाचनको सुरक्षालाई ख्याल गरेर देशभर नेकपाका नेता कार्यकर्तालाई पक्राउ गरिरहेका वेला रोल्पा र प्यूठानको सिमानामा ड्रेससहित दर्जनौ युवाहरुले मार्चपास गरेका हुन ।
निर्वाचन खारेजिको नारा लेखिएको रातो ड्रेस र क्याप टोपि लगाएका युवाहरुले निर्वाचनको विरुद्घमा चर्काे नाराबाजी गरेका थिए । निर्वाचन विरोधी कार्यलाई नियन्त्रण गर्ने वहानामा सरकारले सैयौ नेता कार्यकर्ता छोपिरहेका वेला नेकपाले मनोनयनकै दिन निर्वाचनविरुद्घ नाराजुलुस सहित युवाहरुको मार्चपास गरेको हो ।
प्युठान जिल्लामै सामान्य वैठक वसिरहेका वेला प्रहरिले १० जनालाई पक्राउ गरी सार्वजनिक मुद्घा लगाएको छ ।

केन्द्रिय सदस्य शुवास, असल, सेक्रेटरि सार्दुल, सहित गोञ्जालो, विश्वास, परिवर्तन, अजय, पवन, यांक र प्रकाशलाई सार्वजनिक मुद्घा लगाईएको छ ।
देशैभर सामान्य अवस्थामा वाटोमा वसिरहेका वेला समेत प्रहरीले विप्लवका कार्यकर्ताहरु पक्राउ गरिरहेका वेला रोल्पा र प्यूठानको सिमानामा निर्वाचनको विरुद्घमा राता ड्रेससहित युवाहरुको मार्चपास भएको हो ।

मार्चपासपछि कोणसभा पनि सम्पन्न भएको थियो । कोणसभालाई सम्बोधन गर्ने वक्ताहरुले मृत अवस्थामा पुगेको दलाल संसदिय व्यवस्थालाई पुनर्जिवन दिएर प्रचण्डले जनयुद्घमाथिनै गम्भीर अपमान गरेको वताएका थिए ।
Post a Comment