
गाेविन्द विश्वकर्मा स्वर्गद्वारी जेठ १८ भनिन्छ बाल्य अवस्था भनेको शिक्षा दिक्षा आर्जन गर्ने शारिरिक सामाजिक, मानसिक विकास संगसंगै व्यक्तित्व विकास पनि गर्ने उमेर र समय भनेर भनिन्छ तर यो कुराको लागु सबै बालबालिकाहरुमा हुन सकिरहेको छैन हाम्रो देश नेपाल आफैमा गरिव मूलुक हो यहाँ हजारौ लाखौं गरिव जनताहरु छन तिनै जनताका करोडौ छोराछोरीहरु त्यही गरिवीको थिचोमिचोमा रोमलिएका छन अनि आफ्नो अधिकारवाट पनि बञ्चित भएका छन ।
यस्तै समस्याले गर्दा परिबन्धमा परेकी एउटा बालिका जो पढ्ने लेख्ने उमेरमा आफ्नो बुवा आमा अंपाग भएपछी तिनै वुवा आमाको स्याहार रेखदेख गर्दे बस्दै आएका छन प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं ६ बेल्वास सोत्रे पंगाली डाडाँ निवासी १६ वर्षीया बालिका मिना वि.क. दुई अपांग बुवा राम वहादुर वि.क. र आमा सेती देवी वि.क. लाई पाल्दै छिन घरको अबस्था नाजुक भएको र परिवारमा अरु कुनै पनि सदस्य नभएकाले आफूले अरुको काम गरेर आफ्नो अंपागं बुवा आमालाई पाल्दै आएको बालिकाले बताइन ।
भएको एउटा घर पनि जिर्ण अवस्थामा रहेकाले चुहिने घरमा बस्दै आएका छन आफु संग भएको सम्पति पनि अर्केको नाममा रहेको छ । दुवै आमा वुवा लखुवा रोगवाट ग्रसित भएकाले उनीहरुको लालनपालन गर्ने आफूलाई निकै सकस परिरहेको बालिकाले माडीखवरलाई जानकारी दिएकी छिन अपांग भएर पनि अपांगताको परिचय पत्र उनका बुवा आमाले पाउन सकिरहेका छैन ।
अहिले सम्म सहयोग बेल्लवास गाविसबाट १ हजार रुपैया र हरियाली यूवा क्लव रानीटारवाट रु एक हजार आर्थिक सहयोग बाहेक अरु केहि हुन नसकेको वालिका बताउछिन स्थानीय समाजसेवी विष्णु दर्लामीको पहलमा बेल्वास मावि तापाले पुरानो जस्ता उपलब्ध गराएको र आर्थिक अभावमा त्यसलाई छाउन समस्या परिरहेको समाजसेवी विष्णुले जनाउनुभयो ।
अव वर्षा यामामा घर छाउन सकिएन भने छाना जिर्ण भएकाले पूर्णरुपमा पानी भित्र पस्ने अबस्थामा रहेको बालिकाले बतएकी छिन । उक्त गाउँका अगुवा वुद्धिजीवी एवम् समाजसेवीहरुको पहलमा काठ कटान गर्ने काम चलिरहेको छ छानो लगाउनको लागि आर्थिक अभाव हरेको स्थानीयले बताएका छन त्यहाँका नजिकका सामुदायिक वन सोत्रै सामुदायिक वन र रानीटार सामुदायिक वनले घरको मर्मत संभारका लागि काठ निःशुल्क उपलब्ध गराएका छन ।
बालिका मिना वि.क. आफ्नो पारिवारीक अबस्था नाजुकका साथै बुवा आमा अशक्त भएकाले आफ्नो पढाई कक्षा सातमा रोकेर आमा बुवाको लालनपालन र रेखदेखमा लागेको उनले बताइन पढ्न मन लाग्दैन भन्ने हाम्रो प्रश्नमा उनले भनिन पढ्न र स्कुल जानत मन लाग्छ तर कसले पढाइदिने मलाई यदि म पढ्न गए भने बुवा आमाको स्याहार रेखदेख कसले गरिदिने भनेर उनले रुदै बताउछिन ।
उनले आफ्ना दौतरी साथीहरुको सुकिलो कपडा र मिठो मसिनो खाएको हसिलो मुहार देख्दा आफुलाई दुख लागेर मन रुने बताउछिन सबै आफ्ना उमेर संगी साथीहरु झोला बोकेर स्कुल जादा आउदा मनमा गहिलो चोट पर्छ भनिन तर रोएर केही हुदो रहेनछ यहाँ दुःख बुझ्नेहरु सिमित मात्रामा पाईन्छन यसरी बेसाहरा बुवा आमाको स्याहार एवं रेखदेखमा दैनिकी गुजारेकी यी कलिलो उमेरकी दलित बालिकाको भविष्य माथी प्रश्न चिन्ह खडा भएको छ ।
बालिकाले आफ्नो बुवा आमाको स्याहार गरेर उपकार त गरेकै छन तर आफ्नो भविष्यले भोली कुन मोड लिने हो यो उनी आफैले थाहा छैन त्यसैले हाम्रो थोरै सहयोगबाट उनको र आमा बुवा को मुहारमा खुसि पलाउछ भने हामीले पनि यस्ता ठाउँहरुमा सहयोगी हातहरु अगाडी बढाउन जरुरी छ । हाम्रो सानो सहयोगले बालिकाको पढाई सुचारु हुन सक्छ त्यसकारण सबैले सहयोगी भावनाले उनी र उनको परिवारलाई सहयोग गरौं ।
Post a Comment