Header Ads

गोविन्द विश्वकर्मा/सि.पि.पौडेल स्वर्गद्वारी जेठ २२, सोमवार परेको अविरल वर्षाले स्वर्गद्वारी नगरपालिका ३ भिंग्री जलुकेमा रहेको सरीता बेकरी उद्योगमा भल पस्दा ३० हजार वरावरको पाउरोटी र कच्चा पदार्थ बगाएको छ करिव साढे तिन बजेको समयमा परेको भारी वर्षाबाट उक्त क्षति भएको हो ।
माथिल्लो भिंग्री देखि जलुकेको घडेरी हुदै आएको भल वेकरी उद्योग भित्र पस्दा मेसिनमा समेत असर परेको पिडित बेकरीका प्रोपाइटर प्रेम वहादुर रोका मगरले बताउनुभयो । मेसिनमा पूर्णरुपमा पानी परेकाले मेसिन बिग्रिएको हुन सक्ने आशंका गरिएको छ ।
यदि मेसिन विग्रीएको खण्डमा करिव १२ लाख बरावरको क्षति हुने रोकाको भनाइ छ । साथै जलुकेमै रहेको माण्डवी पुस्तक पसलको गोदाममा पानी पर्दाे करिव ढेड लाख बरावरको कितावमा क्षति पुगेको छ ।
सरकारी विद्यालयमा पु¥याउन को लागि स्टोरमा राखिएको बिभिन्न कितावहरु भिजेको पसलका संचालक कृष्ण रोकायले बताउनुभयो ।
यसैवीच बजारमा रहेका विभिन्न पसल तथा होटलहरुमा पनि पानीले क्षति गरेको छ । जथाभावि रुपमा निर्माण गरिएका घडेरीहरुमा उचित ढल निकासको व्यवस्थापन नहुँदा बर्षातको समयमा ढल घरभित्र पस्ने गरेको स्थानीयले बताएका छन

Post a Comment

Previous Post Next Post