
स्वागत छ तपाइलाई
धन्यवाद
स्वर्गद्वारी नगरपालिका कार्यान्वयमा आएर कार्यालय स्थापना भएर कार्य सम्पादन पनि संचालन भइसकेको छ ?
हामीले भर्खरै एउटा कार्यालय भाडामा लिएर कार्यालय व्यवस्थापनका कुराहरुलाई गरिरहेका छौं र कार्य सम्पादन भन्नुभयो अव छिट्टै हुन्छ ।
यहाँका जनताले नगरपालिका भनेको केहो यसले कस्तो सेवासुविधा प्रदान गर्छ जनतालाई थाहा छैन जानकारी गराईदिनुस् न ?
अहिले के छ भने पहिले गाउँ विकास समितिले प्रदान गरेका सेवाहरु वडावाट प्राप्त हुन्छ र नगरपालिका भैसकेपछी योजनाहरु प्राविधिक सल्लाह दिने होर हामीलाई अहिले कर्मचारी उपलब्ध नगराइसकेकाले ति सेवाहरु दिन सकिरहेका छैनौ ।
हामी कहाँ आएका गुनासो अनुसार जनताहरुले नगरवासी त भयो तर विकास भन्दा पनि कर बढि तिर्नु पर्ने भो भनेर जनताहरु आत्तिएको जस्तो छ के हो यो ?
त्यो कुरा हैन त्यो त भ्रम र हल्ला माात्रै हो मैले पनि सुनेको छु तर त्यसो चाहि हैन यहाँका स्थानीयहरुले नेपाल सरकारवाट उपलव्ध अनुदान र यहाँको स्रोत साधनको पहिचान गरी विकासको पहल हुन सक्छ अनि स्थानीय निकायलाई स्रोत साधन सम्पन्न बनाउने सबै एकमुष्ट वजेटहरु दिने अनि सबैलाई जम्मा गरेर जुन करहरु हुन्छ त्यसलाई यहिको समानुपातिक विकासको लागि खर्च गर्ने हो कर बढाउने भन्ने त्यसो छैन पहिलेकै दर रेटमा भैरहेको छ ।
यहाँ अधिकासं जनताहरुको घरजग्गाहरु बाँजो छन खेती योग्न जमिन नभएर सिंचाइको व्यवस्था नभएर त्यस्ता जमिनहरुलाई त जनताहरुवाट कर मात्र अशुलने होकी भन्ने एकदमै जनगुनासो छ नी ?
हैन त्यसो केही पनि हैन अहिले साविक अर्थात पहिलेकै रेट भइरहेको छ गाउँपरिषद् वाट जे उठाउने गर्नुभएको थियो त्यही नै हो अहिले पनि अव स्थानीय निर्वाचन पछि हामी नगर परिषद् गछौं र तपाइहरुकै गाउँवाट चुनिएका जनप्रतिनिधीहरुलाई राखेर हामीले निर्णय गर्ने हो त्यसो धेरै उठाउने भन्ने चाही हुदैन । जनताले धान्ने नसकिने गरी कर लिने भन्ने हुदैन कर के का लागि त यहाँ कै समानुपातिक विकासको लागि हो बढि बढि अप्रत्यासी रुपमा ठेग्न नसकिने गरी लिने सोच पनि छैन त्यो हुदैन पनि । अहिले सम्म साविककै हुन्छ अव स्थानीय प्रतिनिधीहरु आइसकेपछी उहाँहरुले गर्ने त्यस्तो बढि पर्छकी ठेग्नै नसकिने गरि भन्ने भ्रममा नपर्दा हुन्छ ।
नयाँ ठाउँमा नयाँ काम सुरु गर्नआउनु भयो कार्यालयको संरचना देखि लिएर सबै तपाईको लागि एउटा अवसर पनि होला चुनौती पनि यसलाई कसरी लिनुभएको छ । यहिले तत्कालैका तपाईका योजनाहरु केके हुन ?
अहिले त्यसो केही पनि छैन अहिले कार्यालय व्यवस्थापनको लागि केही खर्च दिएर पुँजीगतको लागि हामीलाई एकदमै अत्यावश्क एउटा सवारी साधन पनि खरिद गर्ने नसिरहेको अवस्था छ सम्रमा अहिले आएको बजेट भनको कार्यालय व्यवस्थापनको मात्रै हो अव नयाँ विकासका कार्यक्रमका योजनाहरु संचालन गर्नको लागि त नगर परिषद् गरेर केके गर्नु पर्छ नौ वटै वडामा त्यहाँ के छ अत्यावश्क कुराहरु नगर परिषद् बाटै पास गरेर गर्छाै । अव यो नयाँ ठाउँमा आउदा खेरी मलाई त्यस्तो किसिमको अप्ठेरो होला जस्तो लागेको छैन यहाँका स्थानीयहरु हुनुहुन्छ कर्मचारी भोली केही तलमाथि हुदा पनि सहज हुने र लेखा अधिकृत सर पनि यहीकै हुनुहुन्छ त्यसकारण पनि अप्ठेरो नपर्ला अव विकासको कुरा गर्दा अहिले बजेट आएको छैन पछि बजेट आइसकेपछी यहाँको समानुपातिक विकासको लागि पहल हुन्छ जस्तो विजुली नपुगेका वडाहरु कोचिवाङ खाल स्वर्गद्वारीका कुनै कुनै वडाहरु पु¥याउनेमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।
तपाई पहिलोपटक यहाँ आइरहदा ईलाका प्रहरी कार्यालयमा घट्ना घट्यो र टिम नै सरुवा गरियो यसलाई कसरी लिनुभएको छ ?
अव हिरासतमा रहेको वेला यस्तो खालको घट्ना हुनु आफैमा राम्रो कुरो चाही हैन तर सबै कुरा मलाइ थाहा हुने भएन अव छानविन समिति गठन भएको छ त्यसै समितिले सत्य तथ्य पत्ता लागाउने छ । टिम सरुवाको कुरामा म के वोलु यहाँको जनताहरुको मागै भएपछी विरोध भैसकेपछी त सरुवा हुने नै हो कुनै दिन अगाडी भयो यसको बारेमा छानविन समितिले विवरण ल्याउने छ ।
यहिले स्वर्गद्वारी नगरपालिकामा चक्रपथको कुरा चलिरहेको छ भन्ने कुराहरु आएको छ केहो ?
त्यो म आइसकेपछी आएको कुराकानी हैन तर मैले जानकारी पाए अनुसार पञ्चवर्षिय योजना जस्तो रकम फ्रिज नहुने किसिमको खासमा यो योजना सबै वडाहरुलाई सबैभन्दा बढि छोएर कसरी लान सकिन्छ भन्ने किसिमको हो अहिले सर्वेको लागि १० लाख रुपैया सम्म बजेटलाई विनियोजन गरेर यहाँका राजनीतिक दलहरु संग बसेर कसरी निर्माण गर्ने भन्ने परामर्श गरे अनुसार उहाँहरुले सबैभन्दा बढि कहाँवाट लाग्दा सबै वडाहरुले छुन्न भन्ने उहाँहरुले परामर्श टिपाएपछी छलफल भएको हो सबै कुरा मलाई जानकारी छैन सबै गरेर ४०÷४५ किलोमिटरको हुने भनिएको छ । र यो बर्जिवाङमा केही खनिएको भन्ने छ अव यसको उद्देश्य भनेको सबै दुर दराजका वडाहरुलाई छुने हो । म आएर भएको चाही हैन उहाँहरुको नियमित कार्यक्रम अनुसार नै भएको हो बढि भन्दा बढि जनताहरुले सेवा लिन सकुन भन्ने हो तलका केही भुभागहरुमा पुगि सकेका छन बाटो बाँकी नपुगेको ठाउँमा पुगोस् भन्ने उद्देश्यले हो ।
स्वर्गद्वारी नगरपालिकामा रहेको धार्मिक स्थल स्वर्गद्वारी छ यसलाई पर्यटन पवद्र्धन संग जोडेर यसवाट लिन सक्ने फाइदाहरु केके हुन ?
अव यसमा अहिले सम्मको डाटाको आधारमा के छ भने माथिका जो मन्दिर नजिकैमा वजार क्षेत्रहरु छन ति सबै मन्दिरको भएकाले त्यहाँ तिनीहरु अनियन्त्रित मापदण्ड पनि नभएर बनेको रहेछ तिनिहरुलाई व्यवस्थीत गरेर नगरपालिकाले बरु हाम्रै बजेटबाट एकरुपता कायम गरिदिएर सार्वजनिक शौचालय बनाएर फोहोर व्यवस्थापन गर्ने सकिने हुथ्यो अलि माथि तिर स्तरीय धर्मशालाहरु भयो भने बन्न त बन्दै छन नेपाल सरकारको वजेट बाटनै भएको रहेछ तर त्यही माथि खान बस्नको लागि व्यवस्था गर्ने सकिए पर्यटकहरुलाई एक दिन रोक्न सकिने वातावरण बन्ने थियो । अर्काे कुरा यहाँ मान्छेहरु सवारी साधन लिएर आउदा सडकको कारणले गर्दा अलि कम आउने वाटो जोखिमपूर्ण भएकाले यहाँको वाटोको स्तर उन्नती गर्ने लगायतका का पनि गर्नुपर्ने देखियो । अर्काे कुरा स्वर्गद्वारीमा चढाइएका दानहरुको मैले पनि अस्ती देखे गएको वेलामा व्यस्थापन अलि राम्रो नभएको पाए मैले जस्तो त्यहाँ आएका भक्तजनहरुले चढाएका पैसाहरु लाई समयमै संगठित नगर्दा त्यही पुजाको लागि बालिएको आगोमा परेर जलेको पनि पाए त्यसलाई व्यस्थीत गरेर यहाँ आर्थिकलाई मजवुत बनाएर बढि भन्दा बढि पर्यटकहरुलाई यहाँ भित्रयाएर यहाँको विकासमा जोड्न सकिन्छ ।
हुन्छ आफ्नो व्यस्त समयको बाबजुट पनि हामीलाई समय निकालेर केही कुराहरु सोध्ने मौका दिनुभयो धेरै धेरै धन्यवाद दिन्छौं
हुन्छ मलाई पनि यो अवसर जुटाईदिनु भएको मा सबै माडीखवर परिवारलाई धन्यवाद दिन चाहान्छु । प्रस्तुती केन्द्र प्रकाश पिवि
Post a Comment