Header Ads

स्वर्गद्वारी ‐प्यूठान) स्थानीय तह कार्यान्वयनमा आयपछी सरकारले गरेको स्थानीय निकायको निर्वाचनले यतिवेला निर्वाचनको माहोल तातिएको छ । निर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरुले दल दर्ता पक्रिया सकेर मनोनय दर्ता प्रक्रियाको प्रतिक्षा गर्दै राजनीतिक दल, नेता तथा कार्यकर्ताहरु जीत आफ्नो पक्षमा पार्नको लागि प्रचारप्रसारमा केन्द्रित भएका छन ।
जिल्लामा कार्यान्वयमा आएको दुई नगरपालिका र ९ वटा गाँउपालिकाहरुमा राजनीतिक दलहरुले नगर प्रमुख तथा वडा प्रमुखको उम्मेद्वारी घोषण गरेर जीत आफ्नो सुनिश्चत भएको दावी पनि गरिहेका छन भने कुनै गाउँपालिका र नगरपालिकामा स्वतन्त्र उम्मेद्वारहरुको पनि नाम चर्चामा आउन थालेका छन ।
भर्खरै कार्यान्वयनमा आएको स्वर्गद्वारी नगरपालिकामा गणेशमान कालाथोकीले आफूले स्वतन्त्र तर्फवाट नगर प्रमुखमा उम्मेद्वारी दिने निश्चित गरेको माडीखवरलाई जानकारी दिनुभएको छ ।
राजनीतिक दल भन्दा माथी रहेर निस्वार्थ भावनाले काम गर्नेको लागि आफूले स्वतन्त्र उम्मेद्वारी दिएको बताउनुभयो राजनीतिक दलहरुको गलत आश्वासनलाई प्रतिकार गर्दे
स्वतन्त्र उम्मेद्वारीमा आफूले उम्मेद्वारी घोषण गरेको हुनाले यो नगरपालिकाको विकास निकास र जीवन स्तर माथी उठानको लागि कुनै पार्टी विशेषले भन्दा स्वतन्त्र उम्मेद्वारले गर्न सक्ने भन्दै उहाँले आफूलाई मत दिएर बिजय गराउनको लागि अपिल गर्नुभएको छ ।
यता झिमरुक गाउँपालिकामा स्वतन्त्र तर्फवाट अर्जुन जिसिले उम्मेद्वारीको घोषण गर्नुभएको छ । कुनै भ्रष्ट र स्वार्थी दलको भ्रमजालमा नपरौं अवको पालो यूवाको देश निर्माण र प्रगतिको । भ्रष्टाचारी दलहरुलाई चोट स्वतन्त्र उम्मेद्वार अर्जुन जि.सि.लाई भोट भन्ने नारा तय गर्दै उहाँले उहाँले उम्मेद्वारी घोषण गरेको जि.सि.ले माडीखवरलाई जानकारी दिनुभयो ।
लामो समयपछी हुन गइरहेको स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुको मात्र नभएर स्वतन्त्र उम्मेद्वारहरुको पनि आर्कषण देखिएको छ हेरौ कसले बाजी मार्छ विजय भएको देख्नको लागि बैशाख ३१ कुर्नु पर्ने छ ।

Post a Comment

Previous Post Next Post