माघ ७, २०७३- उपत्यकामा रहेका एक शताब्दी पुराना सम्पदाहरुलाई एकपछि अर्को गर्दै भत्काउने प्रयासमा बिभिन्न बहसहरु अगाडी आइरहेका बेला बिज्ञहरुले सम्पदा भत्काइहाल्ने भन्दा जोगाउन सकिने उपायका बारे बहस जरुरी रहेको बताएका छन् ।
त्रिभुवन विश्वबिद्यालयअन्तर्गत इन्जिनियरिङ क्याम्पससम्बद्ध प्राध्यापकहरुले काठमाडौंका सिंहदरबार, बबरमहल, केशरमहल, शितलनिवासजस्ता ऐतिहासिक–धरोहरहरु ‘अब बनाएर सम्भव नहुने’ भएकाले जे–जसरी हुन्छ, जोगाउनै पर्ने धारणामा एकमत देखाएका छन् । बरिष्ठ प्राध्यापक सुदर्शनराज तिवारीका शब्दमा ‘संरक्षण र संवर्द्धन गर्ने हिसाबमा अध्ययन गर्न सकेमा मात्रै उपत्यकाका ऐतिहासिक धरोहर बाँच्न सक्ने’ स्थिति यतिखेर देखिएको छ ।
अर्का, बिज्ञ एवं बिगतमा पशुपति विकास क्षेत्रको गुरुयोजनामा काम गरेका प्राध्यापक भरत शर्मा पनि सिंहदरबारसहितका ‘नियो–क्लासिकल’ सम्पदालाई जोगाएर राख्न सकेमा मात्रै इतिहासले बुझाएको बिरासत जोगिन सक्ने धारणा राख्छन् । २०१३ सालमा जनकपुरबाट एसएलसी गरेर काठमाडौं छिरेका भरत शर्माले कोलम्बो प्लानबाट लखनउ, मलेशिया हुँदै बरोदा (भारत) बाट सिभिल आकिर्टेक्चरमा डिप्लोमा गरेका छन् । त्यसपछि राष्ट्रसंघीय छात्रवृत्तिमा छानिएर सन् १९७९ हार्वड युनिभर्सिटीबाट ‘लेन्डस्केप, आर्किटेक्चर, इन्भायरमेन्ट प्लानिङ’मा पढाइ पुरा गरेका छन् । पढाइ लगत्तै नेपाल सरकारको शहरी विकास बिभागमा लामो समय काम गरेर अवकाश पाएका शर्मा अहिले इन्जिनियरिङ क्याम्पस, डिपार्टमेन्ट अफ आर्किटेक्चरमा प्राध्यापनरत छन् । एक बर्षअघि आएको महाभुकम्पका कारण थलिएको काठमाडौं उपत्यकाको सम्पदा क्षेत्रको सबलीकरण (रेट्रोफिटिङ) गर्ने कि भत्काएर ‘रिप्लिका’ तयार गर्ने भन्ने विवाद चर्किएका बेला ‘साइकल चढेर हिंड्ने इन्जिनियर’ भनेर चिनिएका बरिष्ठ इन्जिनियर शर्माले कान्तिपुरका देवेन्द्र भट्टराईसँग गरेको कुराकानी :
पशुपतिमा राजा वीरेन्द्रको शालिक राख्न नदिने मै हुँ: इन्जिनियर डा. भरत शर्मा
aaasss
0
Comments
Tags
Interview

Post a Comment