Header Ads

काठमाडौं, इतिहास साक्षी छ कि सदियौं अघि मानिसहरू दिमाग र शरीरसंग जोडिएका कतिपय भागहरूको उपचार आफैं गर्दथे । यसका लागी उनीहरू जंगलबाट जडिबुटि लिएर औषधी बनाउने देखि सर्जरी पनि गर्दथे ।

त्यतिबेला उपचारका प्रक्रियाहरू बिभिन्न तरिकाका हुने गर्दथे । जुन कुरा अहिलेका मानिसहरूका लागी एक रहस्य झैं लाग्दछ ।

डेली मेलमा प्रकाशित एक खबर अनुसार वैज्ञानिकहरूले हालै मात्र साइबेरियाको पहाडमा धेरैको संख्यामा मानव खप्परहरू फेला पारेका छन । बताइए अनुसार ती भेटिएका खप्परहरू पेजीरिक नोमेड जनजातिका मानिसहरूका हुन ।

तर, ती सबै फुटेका खप्परहरू रहेका छन । अहिले वैज्ञानिकहरू यो किन भयो भनेर पत्ता लगाउने कोशिशमा छन । ती सबै खप्परहरूको अध्ययन गरियो । बताइए अनुसार ती सबै खप्परहरूको सर्जरी गरिएको थियो र ती मानिसहरू ठिक समेत भएका थिए ।
यस अतिपुरानो मेडिकल प्रोसीजरको नाम ट्रिपनेशन हो । यस प्रकारको सर्जरीमा त्यतिबेलाको ब्रेन सर्जनले खप्परलाइ ड्रिल गर्दथे । यसो किन भने त्यतिबेलाका मानिसहरूको दिमागमा रगत जम्दा वा मेरूदण्डको हड्डी संग सम्बन्धित समस्याहरूलाइ ठिक गर्नका लागी उनीहरू यसो गर्दथे ।

यस रिपोर्टलाइ साइबेरियन टाइम्सले पनि प्रकाशित गरेको छ । डक्टरहरूले ती खप्परहरूलाइ अध्ययन गरेर भनेका छन कि उनीहरूको अपरेशन गर्ने सर्जनहरू निकै ज्ञानले युक्त भएका थिए होलान । यी खप्परहरू हेर्दा उनीहरू रोग मुक्त भएको अध्ययनले देखाएको छ ।

प्रमाणहरूले देखाए अनुसार पेजिरिक जनजातिका मानिसहरूलाइ न्यूरोसर्जरी, ग्रीक मेडिकल टेक्स्टूको राम्रो ज्ञान थियो । वैज्ञानिकहरूले यो पनि कोशिश गरेका छन कि ती मरेका मानिसहरूको खप्परमाथि ट्रिपनेशन गर्ने कोशिश गरेका थिए । अहिले उनीहरू उक्त खप्परको गहिरो अनुसन्धान गरि तत्कालिन समयको उपचार पद्दतीका बारेमा जान्नका लागी जुटेका छन ।

Post a Comment

Previous Post Next Post