Header Ads

भक्तपुर, ७ माघ । भक्तपुरकाे चाँगुनारायण नगरपालिका– १ पिखेलमा शुक्रबार मध्याह्न १२ बजे दुवैतर्फबाट तीव्र गतिमा आएका दुई मोटरसाइकल ठक्कर खाँदा खोरिया गाउँका ३६ वर्षीय बाबुलाल तामाङको मृत्यु भएको छ ।

बा ४३ प ८१०८ नं को मोटरसाइकल र विपरित दिशाबाट आएको बा ४० प ३३८४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बा ४३ प ८१०८ नं को मोटरसाइकल चालक सोही नगरपालिकाका तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
महानगरीय प्रहरी प्रभाग ब्यासीका प्रहरी नायब निरीक्षक रत्न थापाले अर्का मोटरसाइकल चालक सोही नगरपालिका, पिखेल बस्ने २१ वर्षीय विवेक खत्री भने गम्भीर घाइते भएकामा भक्तपुर अस्पतालमा प्रारिम्भक उपचार गरी थप उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको बताए । तामाङ शव भने भक्तपुर अस्पतालमै राखिएको छ । रासस

Post a Comment

Previous Post Next Post