पप म्युजिकका निकै चर्चित व्यक्ति माइकल ज्याक्सनले ८ वर्ष पहिले नै यो संसारबाट बिदावारी भएर गइसकेका छन् तर उनीसँग सम्बन्धित समाचार अझै पनि समयसमयमा चर्चाको विषय बन्ने गर्दछ ।
सन् २००९ को जुन २५ तारिखमा मृत्यु भइसके पनि उनी संसारका अत्यधिक कमाई गर्ने मृतक सेलिब्रिटी मध्येका एक हुन् ।
तर उनको मृत्युसँग जोडिएको एउटा यस्तो खबर आएको छ जुन मानिसहरुबिच प्रश्नचिन्हको रुपमा उत्रिन सक्छ ।माइकल ज्याक्सनकी एक्ली छोरी पेरिसका अनुसार उनको बुवाको मृत्यु नभई हत्या भएको हो ।
पेरिसले रोलिङ स्टोनलाई दिएको एक अन्तर्वार्तामा आफ्नो बुवाको मृत्यु एक षड्यन्त्रको उपज भएको दाबी गरेकी छिन् ।
पेनकिलर औषधी ओभरडोज भएको कारण पपका सुपरस्टार ज्याक्सनको हृदयघातका कारण मृत्यु भएको भनिएको थियो ।
तर पेरिसलाई बुवाको मृत्यु यति सिधा र सरल नभएको बताउँछिन् । उनले भनिन्, ‘केही मानिसहरु आफ्नो पछि लागरिहेको भनी बुवाले कहिलेकाँही संकेत दिनुहुन्थ्यो ।’
‘बुवाले उनीहरुले आफूलाई एकदिन मारिदिनेछन् पनि भन्नुहुन्थ्यो, ’ पेरिस थप्छिन् ।
बुवालाई हत्या गरिएको हो त भन्ने प्रश्नमा उनी भन्छिन्, ‘पक्कै पनि । किनभने यो स्पष्ट छ । सबै कुरा यसैतर्फ इशारा गर्दछ । यो एक प्रकारको षड्यन्त्रको कहानी जस्तो देखिन्छ ।’
आफ्नो बुवाको मृत्यु होस् भन्ने केही मानिसहरुको चाहना भएको बताउने पेरिसले त्यस्ता व्यक्तिलाई पुलिसको दायरामा ल्याउन कोसिस गरिरहेकोसमेत बताइन् ।
Tags
International
Post a Comment