बीबीसी, १३ माघ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमामा लगाउन लागेको पर्खाल लगाउन मेक्सिकोले पैसा नदिने बताएको छ ।
मेक्सीकोका राष्ट्रपतिले देशबासीका नाममा सम्बोधनमा गर्दै यस्तो बताएका हुन् । एन्रिके पेना निटोले छेकबारको कुरामा आफू निकै दुखी भएको र मेक्सीकोले पर्खालमा विश्वास नगर्ने बताएका छन् ।
यद्यपी, जनवरी ३१ तारिखमा तय भएको वासिङ्टन यात्रालाई रद्द वा स्थगित गरेको भन्ने विषयमा उनले केही बोलेनन्।
बुधबार ट्रम्पले अमेरिका–मेक्सीकोमा पर्खाल लगाउने कार्यकारी आदेशमाथि हस्ताक्षर गरिसकेक छन् ।
Tags
International
Post a Comment