Header Ads

नयाँ दिल्ली: नेपाल तथा भारतबीचको व्यापार घाटा न्यूनिकरणकोलागि व्यवसायिक क्रियाकलाप गर्ने उद्धेश्यले बिजनेश फोरम स्थापना गरिएको छ।
शनिबार नयाँ दिल्लीको ताज प्यालेसमा गैर नाफामुलक सो संस्थाको औपचारिक घोषणा गरियो। भारतमा यो संस्था भारत नेपाल बिजनेश फोरम र नेपालमा नेपाल भारत बिजनेश फोरमको नाममा संचालित हुनेछ। कार्यक्रममा दुबै देशका अध्यक्षको घोषणा पनि गरिएको छ। नेपालकालागि संस्थाका अध्यक्ष व्यवसायी अरुणराज सुमार्गी हुन भने भारतकालागि व्यवसायी मुकेश गुप्ताले अध्यक्षता गर्ने भएका छन्।
कार्यक्रममा नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालले नेपाल र भारतबीच को सम्बन्धलाइ थप मजबुत बनाउनकालागि फोरमले महत्वपूर्ण योगदान गर्ने विश्वासका साथ शुभकामना संदेश पठाएर संस्थालाइ औपचारिक मान्यता दिए।
संदेशमा प्रधानमन्त्री दाहालले दक्षिण एशियाली मुलुकमा आर्थिक विकासमा भारतको नेतृत्वदायी भुमिकाका कारण पनि यो संस्थाले दुइ मुलुकबीच आर्थिक सामाजिक विकासमा उदाहरणरीय काम गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । सो संदेशलाइ भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पढेर सुनाए।
कार्यक्रममा पूर्व अर्थमन्त्री डा राम शरण महतले नेपालको भारतसँगको उच्च व्यापार घाटा कम गर्नकालागि यस्ता संस्थाहरुले नीति निर्माताहरुलाइ घच्घच्याउने का गर्न सक्ने हुँदा प्रभावकारी रुपमा यसका क्रियाकलापहरुलाइ अगाडि बढाउनुपर्नेमा जोड दिए। कार्य्रकममा फोरम नेपालका अध्यक्ष अरुणराज सुमार्गीले पहिलो चरणमा व्यापार घाटा न्युनिकरणकालागि नेपाल तर्फ जाने परिवहनमा भारत निर्यात हुने अर्धतयारी उत्पादनको निर्यातमा जोड दिने बताए।
भारतीय जनता पार्टीका नेता बिजय जाँलीको अगुवाइमा संस्थाको स्थापना भएको हो । कार्यक्रममा जाँली नेतृत्वको दिल्ली स्टडिज ग्रुपले नेपाली उद्योगपति अजयराज सुमार्गीलाइ सम्मान परेको थियो । मुख्य रुपमा सुमार्गीको सम्मानलाइ हाइलाइट गरिएको कार्यक्रममा फोरमको घोषणा गरिएको हो । कार्यक्रमको गेस्ट अफ अनरको रुपमा नेपाली राजदूत दीपकुमार उपाध्यायलाइ पनि सम्मान गरियो।
यसैबीच भारतको देहरादुनको खलंगा स्थित किल्ला तथा स्मारकको संरक्षण तथा प्रबद्र्धनकालागि उद्योगपती अजयराज सुमार्गीले दश लाख भारतीय रुपैया प्रदान गरेका छन् । सुमार्गी अध्यक्ष रहेको थाहा दर्शन अध्ययन प्रतिष्ठानको तर्फबाट सो सहयोग प्रदान गरिएको हो। बीर बलभद्र कुँबरको स्मारक निर्माणकालागि सहयोग प्रदान गरिएको हो।
खलंगा किल्लामा एक कार्यक्रमको आयोजा गरि सो सहयोग घोषणा गरिएको हो । सुमार्गीले अन्नपूर्ण पोष्टसँग कुरा गर्दै बलभद्र कुँवरको बीरताको गाथालाइ विश्वसामु चिनाउने प्रयासकालागि यो शुरुवात गरिएको बताए । बलभद्रले ब्रिटिससँगको लडाइमा जुन जुन स्थानमा लडाइ लडे त्यस्ता स्थानहरुलाइ पत्ता लगाएर उनको स्मारक र इतिहास लेख्ने उद्धेश्यकालागि यो प्रयास गरिएको उनले बताए।
बलभद्रको लडने क्रममा खलंगा देखि लाहौर,अफगानिस्तान सम्म पुगेको इतिहास छ, यसलाइ पून बिउत्याएर नयाँ पुस्ताहरुका सामु उनको व्यक्तित्वलाइ उजागर गर्ने कोशिश गर्न लागेको हो,सुमार्गीले भने।

Post a Comment

Previous Post Next Post