Header Ads



सहादतपुर्व क्रान्तिमा हाम्रा आफन्त देखेको सपना पुरा भएको छैनः सहिद परिवार

“मेरी छोरी डिला केसिको वलिदानिवाट आएका नेताले ल्याएको लोकतन्त्रमा मैले आफ्नो विचार राखेकै कारण चुनावभर हिरासत वस्नु पर्यो। आफ्नो वुवाले वोलेवापत हिरासत वस्नुपर्ने लोकतन्त्र ल्याउनको निम्ति मेरी छोरीले रगत वघाएकि थिईनन्। ति दिन संझिदा मनमा आगो वल्छ।”–सहिद डिला के.सी. का वुवा निराजन के.सि.
प्यूठान फागुन २६ । नेपाल कम्यूनिष्ट पार्टीका राप्ती व्यूरो सदस्य दल वहादुर केसि(जागृति)ले स्थानिय तहहरुले जनतामाथि थोपरेको करको विरुद्धमा उत्रन आह्वान गर्नुभएको छ। पार्टीको जनजागरण अभियानलाई सम्वोधन गर्दै उहाँले संसदवादी सत्ताले जनताको आयआर्जन र आर्थिक स्थितिको ख्यालै नगरी जनप्रतिनिधीलाई तलव ख्वाउनको निम्ति जनताको ढाड सेकेको वताउनु भयो। साथै सत्ताले निर्धारण गरेको कर नर्तिन आह्वान गर्नुभयो।
साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै जलजला साँस्कृतिक परिवारका टाेली
नेपाल कम्यूनिष्ट पार्टीले अहिले तिन महिने एकिकृत जनजागरण अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ। कार्यक्रममा जनयूद्धमा सहादत प्राप्त सहिदका परिवारलाई दोसल्ला ओडाई अभिनन्दन गरिएको थियो। अभिभन्दीत सहिद परिवारले आफ्नो परिवारका सदस्यले जुन उदेश्यले वलिदानि गरे त्यो उदेश्य प्राप्त नभएको वताएका छन्।
कार्यक्रममा वोल्दै राप्ती व्यूरो सदस्य एवं प्यूठान जिल्लाका पुर्व सेक्रेटरी रत्न थापा सुर्यप्रकासले दलाल व्यवस्थाका एजेण्डहरुले समाजमा भ्रष्टाचारको अखडा निर्माण गरेको र त्यसलाई एकिकृत जनक्रान्तिले ल्याउने वैज्ञानिक समाजवादले सिध्याउने वताउनु भयो।
व्यूरो सदस्य पुष्ठमान घर्तिले वैज्ञानिक समाजवादी सत्तामा मात्र जनता अधिकारसम्पन्न हुने वताउनु भयो। त्यस्तै व्यूरो सदस्य एवं प्यूठान जिल्ला सेक्रेटरी डिल वहादुर घर्ति अजयले भाषण र आश्वासनको राजनीति अन्त्य गरि जनताको मुक्तिको राजनीतिमा यूवाहरु गोलवन्द हुनुपर्ने वताउनु भयो।
प्यूठानको तिराम, मर्कावाङ, वड्डाडा लगायतका स्थानमा सांस्कृतिक टोलिसहितको जागरण कार्यक्रम सम्पन्न भएको र कार्यक्रमलाई जिल्लाव्यापि रुपमा अगाडि वढाईने जनपरिषद प्यूठानका प्रमुख एवम् मगरात स्वायत्त जनपरिषदका सदस्य राजेन्द्र राउत क्षेत्रिले जानकारी दिनुभयो।्
सहिद ईश्वर वहादुर रोका पुष्पको जिवनसाथी सहिदपत्नि सिवा रोकाले आफ्नो जिवनसाथीले जेको निम्ति जिवन उत्सर्ग गर्नुभयो त्यो उदेश्य पुरा नभएको र जनयूद्धको मुल नेतृत्व सत्ताको निम्ति विगतका दुस्मनसंग घाटी जोडेर लम्पसार परेको वताउनु भयो।
जनयूद्धकी सहिद एवं विद्यार्थि नेता डिला केसि सिमा का वुवा निराजन केसिले हिजो आफ्नी छोरीलाई एमाले कांग्रेसलाई दुस्मन भन्दै क्रान्तिमा लगाउने मान्छेहरु नै आज एमाले कांग्रेसका लागि पालैपालो भोट माग्दै घरमा आउंदा छोरीको संझनाले आफु भक्कानिएको वताउनु भयो। “मेरी छोरी डिला केसिको वलिदानिवाट आएका नेताले ल्याएको लोकतन्त्रमा मैले आफ्नो विचार राखेकै कारण चुनावभर हिरासत वस्नु पर्यो। आफ्नो वुवाले वोलेवापत हिरासत वस्नुपर्ने लोकतन्त्र ल्याउनको निम्ति मेरी छोरीले रगत वघाएकि थिईनन्। ति दिन संझिदा मनमा आगो वल्छ।” उहांले भन्नुभयो।

Post a Comment

Previous Post Next Post