Header Ads


मधुसुदन पाेख्रेल प्यूठान चैत्र १३ । वर्षे बाली होस या हिउदे बालीहोस भित्रयाउन नपाउदै जगंली जनावर ले सवै सखाप पारे पछि स्थानीय कृषकहरु चिन्तीत बनेका छन । पाक्न लागेको गहुँ सवै बदेलले सखाप पार्न थालेपछी प्यूठान नगरपालिका ६ साविकको माझकोट गाविस स्थित चापागैरा आरुगैरा,ओखर बोट,जुम्लीधारा, नेटा, थाकाना, ओदार्ने खोला लगाएत ठाउँका बारिमा बदेलले सताउन थाले पछी कृषकहरु रात भर बारीमै जागाराम बस्ने गरेकाे बताउँछन ।
$ads={1}
पाक्न लागेका वालि बदेलले दिनप्रति दिन नष्ट गर्न थाले पछि गाउँका कृषकहरु पालो गर्दै वारिमा नै बस्ने गरेको माझकोटका ८० वर्षिय कृषक ठगुश्‍वर पोख्रेल बताउनुहुन्छ जव साझ पर्न थाल्छ बदेल धपाउन वारिमै रात विताउछौ । रातको समयमा वगाले बदेलले वारिमा पसे पछी सवै काम नलाग्ने गरि पाक्न लागेको बाली नष्ट पारेको उहाँले बताउनुभयाे ।
$ads={2}
बदेल, सारस ले पाक्न लागेका वालि वर्षेनि नष्ट गरिरहदा गाउँमा अन्न को अभाव हुने गरेको स्थानीय वताउछन । मकै पनि एक कोसा लिन पाइन अहिले गौ पनि काम नलाग्ने बनायो यसलाई केही गरी रोक्न सकिएन भन्दै यूवा कृषक गिरिराज पोख्रले गुनासो गर्नुभयाे । बदेल धपाउनको लागि गाउँमा दिनानुदिन वन चार्ने गरे पनि नसकेको स्थानीय कृषकहरु बताउछन । त्यस्तै जुम्रीकाडामा पनी बदेलले गहुँ वालि नष्ट गरेको कृषक आइती विकले बताउनुभयाे ।
बदेलको सारै हैरानी परे पछि स्थानीय कृषकहरु सरोकारवाला संग नियन्त्रको लागि माग गरेका छन ।



Post a Comment

Previous Post Next Post