रविन्द्र पुन रोल्पा । नेपाल कम्युनिष्ट पार्टी नेकपाले रुन्टीगढी गाउँपालिका सबै जनप्रतिनीधिहरुलाई तत्काल राजीनामा दिनको लागि पत्र पठाएको छ । मगरात स्वायत्त प्रदेश जिल्ला जनपरिषद् रोल्पा र केन्द्रीय जनपरिषद्को निर्णय अनुसार देशैभर जनप्रतिनीधिहरु नेकपाले धम्कीपूर्ण पत्र लेखिरहेको छ ।
जनप्रतिनीधिहरुले जनताको हित विपरीत विकास निमार्णको काममा आफ्नैै डोजर प्रयोग गर्ने, आफ्ना मान्छेहरुलाई निमार्ण उपभोक्ता समितिमा चयन गर्ने लगायतका विभिन्न प्रचलित करहरुमामा पनि आत्याधिक वृद्धी आएकाले केन्द्रीय जनपरीषद्को निर्णय अनुसार राजीनामको लागि पत्र पठाइएको नेकपा रोल्पाले जानकारी दिएको छ ।
गाउँपालिकामा बैठक बस्दै गर्दा नेकपाका कार्यकर्ताले वैठक स्थलमै पुगी राजीनामा पत्र हातमा नै ठम्माइ दिएका थिए ।
नेकपाले यस अघि रोल्पा नगरपालिकाका मेयर अर्थात वर्तमान सभामुख कृष्ण बहादुर महराका ज्वाँइ पूर्ण केसीलाई पनि कार्यकक्षमै पुगि राजीनामा पत्र बुझाएको थियो ।
Post a Comment