Header Ads



नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् केन्द्रीय जनपरिषद् प्रमुख सन्तोष बुढामगर सँग पत्रकार गोविन्द विश्वकर्माले गरेको समसामयिक राजनीतक कुराकानीका सम्पादीत अंशहरु........


सन्ताेष बुढा केन्द्रीय जनपरिषद् प्रमुख
स्वागत छ तपाइलाई ?
हजुर धन्यवाद ।
के छ आरामै हुनुहुन्छ ?
हजुर ठिक छु
अहिले पार्टीको आन्तरिक कामले प्यूठानमा हुनुहुन्छ अहिले नेपाल कम्युनिष्ट पार्टीले के गर्दैछ ?
हामीले चाही अहिले यो संसदीय व्यवस्थाको बारेमा जनतालाई स्पष्ट पार्दै जागरणमा ल्याउने, अनि यो संसदीय व्यवस्थाको विकृतिको वारेमा अहिले आम जनतालाई सचेत बनाउने सर्तक बनाउने र अहिले बैदेशिक चलखेलहरु पनि बढिरहेको छ । देश चरम संकटमा छ महंगीले आकश चुमेको जनताहरुलाई विकासको नाममा अनावश्क कर थोपर्ने काम जुन भैरहेको छ । यी र यस्ता कार्यहरुको भण्डाफोर गर्दै हाम्रो पार्टीले संचालन गरेको ३ महिने एकीकृत जनजागरण अभियानमा हामी राजनीतिक र बैचारीक कामहरु लिएर जनताको घर दैलौमा छौं ।
चुनाव खारेजको नीति लिएर तपाइहरुको पार्टीले निर्वाचनको समयमा आफ्नो बलियो छाप छोडेको मुल्याकंन सबै तहवाट भयो तर निर्वाचनको खारेजी पछी त नेपाल कम्युनिष्ट पार्टी कता हरायो भन्ने प्रश्न आम जनताको छ तपाइहरु कहाँ सेलाउनुभयो ?
पार्टी पछि हट्यो सेलायो भन्ने कुरा हैन हामी निरन्तर संघर्षकै दौडानमा अगाडी बढिरहेका छौं । देशमा हुने गरेरका दलाल, भष्टाचारी, घुसखोर र कमिसन खोरहरुलाई कार्वाही गर्ने कालोमोसो दल्ने लगायतका सबै कार्यहरु हाम्रो देशै भरी नै जारी रहेको छ । साथै पार्टी पार्टी भित्रको राजनीतिक कार्यक्रम पनि जारी नै छ । देशैभरी पार्टी आन्तरीक परिक्षण देखि लिएर पार्टी क्रियाशिल फरक यति चुनावको वेलामा बमहरु पड्के अहिले बम पड्किएको छैन काम कार्वाही चाही भै नै रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टीले खासमा गर्न खोजेको केहो भन्ने कुरामा नै जनता अन्यौलमा छन साच्चै पार्टी का्रन्तिमा होमिन लागेको होर ?
जनताहरुले त्यसो भन्न सक्छन, नबुझ्न सक्छन हामीले चाही यो संसदीय व्यवस्था र यसका संचालकहरुलाई जिस्काउन मात्र खोजेको हैन, हामीलेत के भनेका छौत भने हाम्रो नेपालमा परिवर्तन भएको छैन, नेपाली जनता र नेपाल राष्ट्र पनि स्वाधिन छैन, त्यसैले यो जुन देशमा छ महंगीले जनताको ढाड सेकेको छ, यी विषयहरुवाट नेपाली जनतार देशलाई कसरी मुक्त बनाउने अर्थात पार लगाउने भन्ने एउटा खोज सहित हामीले बैज्ञानिक समाजवादी व्यवस्था जहाँ जनता चाही गरिव हुदैनन् कुनै जनता मैले के खाने के लगाउने भन्ने चिन्ता गर्नुपर्दैन त्यसैले आम नेपाली जनतालाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार खाद्यय सम्प्रभुता संचार विद्युतीकरणलाई विस्तार गर्दै देशलाई नै समृद्ध बनाउने अनि आम नेपाली जनतलाई सुखी बनाउने भन्ने हाम्रो चाहाना हो । त्यही लक्ष्य उदेश्यका साथ अहिले हाम्रो पार्टी आफ्नो योजनामा अगाडी बढिरहेको छर र अहिले यो देशैभर जनसत्ताहरु निर्माण गर्दै, धेरै भन्दा धेरै जनताहरुलाई सत्तामा गोलवन्द गरेर यो संसदीय व्यवस्थावाट देश पार लाग्दैन र जनताका समस्याहरु हल हुदैन त्यसैले संसदीय व्यवस्थालाई नफाल्दा सम्म यो देशको समस्या हल हुदैन त्यसैले यो व्यवस्थालाई फालेर जनताको अन्तिम व्यवस्था बैज्ञानीक समाजवाद सहितको व्यवस्था ल्याउनको लागि हामी निरन्तर संघर्षमा छौं ।
तपाइहरु हामी संसदीय व्यवस्था मान्दैनौ, बैज्ञानिक समाजवाद लिएरै छाड्छौ भनेर लागिरहनु भएको छ यो तपाइहरुले भनिरहेको बैज्ञानिक समाजवाद नेपालमा लागू हुने संम्भावना कत्तिको छ त ?
हिजो कसैलाई कल्पना थिएन कि नेपावाट राजा जान्छ राजतन्त्र जान्छ भनेर तर गयो, अव यो गणतन्त्र आयो अहिलेको यो जुन संसदीय गणतन्त्र आएको छ यो नक्कली गणतन्त्र हो । असली गणतन्त्र चाही अव आउदैछ , त्यो असली गणतन्त्र आउनु भन्दा अगाडी एउटा झलक मात्रै हो यो त्यसपछी आउने भनेको बैज्ञानिक समाजवाद हो । यो अनिवार्य छ । अव नेपालको इतिहासमा हेर्न हो भने राणा शासन गयो, पञ्चायती व्यवस्था गयो । यसरी नै क्रमश आउने हो बैज्ञानिक समाजवाद पनि लाइनमै छ । त्यसैले जुन नक्कली गणतन्त्र छ त्यसलाई साच्चीकै जनवादी गणतन्त्र आउनेवाला छ । हो त्यो जनताको जनवादी गणतन्त्र नै अहिलेको बैज्ञानिक समाजवाद हो । यो आउने वाला छ एकदमै हाम्रो नजिकै आइसकेको छ । यसलाई स्वागत गर्नेको लागि फूल माला लिएर बस्दा हुन्छ ।

अहिलेको जल्दोबल्दो अवस्थालाई हेर्न हो भने बाम गठबन्धले पार्टी एकता गरेर कम्युनिष्ट केन्द्र निर्माण गर्छाै भनेर लागि रहदा यसले कतै तपाइहरुको कम्युनिष्ट पार्टीलाई अङकुस लगाउने त हैन ?
यो चाही एउटा चुनौती चाही हो, अव कम्युनिष्टको खोल ओडेर आएको ब्वाँसो चाही खतरनाक नै हुन्छ माओले भन्नु भएको छ वास्तविक बाघ भन्दा बाघको छाला ओडेर आउने ब्वाँसो १० गुणा खतरनाक हुन्छ भनेर भन्नुभएको छ , यो यस्तै अहिले का्रन्तिमा खतरा चाही यी ब्वाँसाहरुवाट छ । यिनीहरु भनेको खोल ओडेर आएका ब्वाँसाहरु हुन यिनीहले जनताहरुलाई केही समय झुक्याउन सक्छन, तर हामी झुक्किनु हुदैन सचेत बन्नु पर्छ हामीलाई चाही विश्वास गर्नुस् हामी झुकिनै दिदौनौं अहिलेको यो माके एमालेको गठबन्ध छ यसलाई हामीले के नाम दिएका छौ, यो सामाजिक दलाल पुँजीवाद हो भनेर भनेका छौं । सामाजिक दलाल पुँजीवाद भनेको समाजवादको नाममा कम्युनिष्टको खोल ओडेर आएर जनतालाई भ्रममा पार्न आएका कथित कम्युनिष्टहरु, एकातिर दलाल पुँजीवादको पक्षमा काँग्रेसहरु छन उनीहरु कम्युनिष्टहरु देख्ने चाहादैनन् तिनि दलाल पुँजीवाद हुन यता पनि हामीले माके एमालेको गठबन्धलाई सामाजिक दलाल किन भनेका छौ भने समाजवादको खोल ओडेर आए त्यसकारण यिनीहरु सामाजिक दलाल हुन उनीहरु दलाल पुँजीवाद, र माके एमाले गठबन्ध चाही सामाजिक दलाल पुँजीवाद हुन त्यसैले यो समाजिक पुँजीवादको खोल ओडेर जनतलाई झुक्काउनु त खोज्लान् तर यो धेरै टिक्दैन । यसको लागि क्रान्तिकरी पार्टी छ र कम्युष्टि र परिर्वतनकारी पार्टीको पक्षमा नेपाली जनता पनि छन । यिनीहरुको झुटो आश्वासनमा २ दिन त फस्लान जनता अर्काे दिनवाट जनताले त्यसलाई मिल्काइदिने छन । यो एउटा चुनौती हो यसलाई पार गर्न सकिन्छ जनता पनि अबुझ छैनन् तर केही समय चाही लाग्छ ।
तपाइहरुको पार्टी तात्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा निर्माण गरेका जनसत्ताहरुलाई फेरी व्युँताउने कसरतमा लागेको देखिन्छ तपाई त केन्द्रीय जन परिषद प्रमुख पनि हो । केछ तपाइहरुको जनसत्ता देशैभरी लागू गर्नभएको छ ?
हामी सबै जिल्लामानै क्रियाशिल छौं केही कम जिल्ला बाहेक अन्य सबैमा पुगेका छौं र जनसत्ता पनि निर्माण गरेका छौ । त्यस्तो जिल्लाकी केही हिमाली जिल्लाहरु जस्तै मनाङ, मुस्ताङ जस्ता जिल्लाहरुमा चाही अलि कम प्रभाव भएकाले त्यहाँ हुन सकेको छैन तर बनाउनको लागि हामी क्रियाशिल नै छौं । अव हामीले नेपालमा चाही यो संसदीय व्यवस्थाको विरुद्धको विकल्पमा बैज्ञानिक समाजवाद हो । त्यो बैज्ञानिक समाजवादी व्यवस्थामा पुग्नको निम्ती एक पाइला मात्र सुरु भएको छ त्यहाँ पुग्नको लागि कहाँवाट सुरु गर्ने त जनतावाट त्यसैले हामीले जनताको सत्ता मार्फत त्यहाँ सम्म पुग्नको लागि लागि रहेका छौं । यो संसदीय व्यवस्थाले जनतालाई केही गर्दैन जनताकै सुरक्षा गर्दैन त्यसैले यसको पछाडी किन लाग्ने त्यसैले हामीलाई साथ दिनुस् हामी तपाइहरुलाई न्या दिलाउछौं चेतना हामी दिलाउछौं त्यसैले यो जनसत्ता जनता संग संगै अगाडी बढ्ने साधन हो । यसलाई संसदीय व्यवस्थाको विरुद्धमा लड्नको लागि विकल्पमा संघर्ष गर्ने साधन पनि हो ।
तपाईहरुले तपाइको पार्टीले भन्ने गरिरहेको कुरा हामी देशको वैकल्पिक शक्ति हौं भनेर भन्नु हुन्छ तपाइहरुलाई यी परिवर्तनकारी शक्ति हुन यिनीहरुले का्रन्ति गर्छन भन्ने आधार केहो त ?
हैन हामीलाई जनताले विश्वास गरेकै छन विश्वास गरेर त यहाँ सम्म आइपुगेका छौं अहिले हाम्रो केन्द्रमा पनि जनपरिषद्को १ सय ५१ जनाको जन प्रतिनिधी सभा रहेको छ हाम्रो आफ्नै प्रमुख छ सभामुख छ हामीले सांसद भन्दैनौ जन प्रतिनिधी सभा भन्छौ उता संसदवादीहरुको ६ सय एक जना सांसद हुदाँ हामीले १ सय ५१ जनाको जन प्रतिनिधी सभा गठन गरेका छौं त्यसपछी उनीहरुको ५५÷६० मन्त्रि हुँदा हामीले चाही ४१ जनाको परिषद् सत्ता बनाएका छौ यो अहिले पनि क्रियाशिल छ प्रदेशमा पनि हाम्रो १३ वटा प्रदेशमा पनि दोस्रो अधिवेशन भैसकेयो हामी चाही करिव दई वर्षको अन्तरमा अधिवेशन गर्छाै अहीले हामीले प्रत्येक १ वर्षमा अधिवेशन गर्दै जादा केन्द्रिय क्षेत्रीय प्रदेश स्तरीय लगायत तल्लो स्तरमा गाउँ परिषद् समेत गरिहेको छ । त्यसैले संसदवादीहरुको पनि चलिरहेकै छ । हाम्रो पनि चलेकै छ । दुई सत्ता छ नेपालमा एउटा जनताको सत्ता अर्काे चाही दलालहरुको सत्ता अव चाही जनताले दलालहरुको सत्तालाई हैन जनताको सत्तालाई सर्मथन गर्छन र नेपालमा यो द्धय सत्ता अगाडी बढ्दै जाने छर कुनै दिन जनताले दलालको सत्तालाई सदाको निम्ती विदाई गर्नेछन ।
नेपाल कम्युनिष्ट पार्टी अव क्रान्तिमा गइसकेको अवस्था हो या तयारी गर्दै छ ?
हैन का्रन्तिमा जाने र नजाने भन्ने कुरा हैन, का्रन्ति त भैरहेकै छ अथवा जनयुद्ध देखि हामी यहाँ सम्म हामी त घर फर्केकै छैनौ नि का्रन्ति त निरन्तर जारी छ । केही सिमित मान्छेहरुले क्रान्तिलाई बेचेर व्यक्तिगत स्वार्थमा विकेपनी हामी चाही त्यसको पक्षमा छैनौ, दशवर्ष जनयुद्धलाई प्रचण्डले सिद्धाए शान्ति सम्झौतामा लगेर तर हामी चाही अगल भएर देश र जनताको लागि का्रन्तिको झण्डा उठायौं र का्रन्तिकारी पार्टीको निर्माण ग¥यौ, पुनः उत्थानको बाटोमा लाग्यौं, अव का्रन्ति भनेको बन्दुक बोकेर जंगल पसेर गरिने क्रान्ति हैन हमीले एकीकृत जनक्रान्ति भनेका छौं । परिर्वतनको निम्ती अहिले जे गरिरहेका छौ यो पनि क्रान्ति हो । एउटा चिजलाई बदलेर नयाँ चिजको आगमन गराउनु का्रन्ति हो । का्रन्तिको लागि जनतालाई सचेत बनाउनु संघर्ष गर्नु दलाललाई हान्नु कालो मोसो दल्नु यो सबै का्रन्तिकै स्वरुप हुन हामीले साना ठुला का्रन्तिहरु गरि नै रहेका छौ । का्रन्तिको बाटोमै लामबद्ध छौ । हामीले के भनेका छौत भन्दा का्रन्ति हुन्छ गर्नुपर्छ नेपाली जनताले त्यसको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्छ । हामी यो का्रन्तिको जिम्मा लिन तयार छौं ।
तपाइहरुले पहिलेको जस्तो क्रान्ति पनि गर्दैनौ भन्नु छ तर का्रन्ति चाही गर्छाै भन्नु हुन्छ खासमा तपाइहरुले गर्ने कस्तो खालको का्रन्ति हो बताइदिनुस् न ?
हामीले चाही गर्न खोजेको परिर्वतन हो नेपाललाई चाही रुपान्तरण गर्नै संसदीय व्यवस्थाको अन्त्य गर्ने समाजवादी व्यवस्था ल्याउने हो यसको सन्र्दभमा जनतालाई सचेत बनाउने जागरुग बनाउने सबै पक्षलाई यो पक्षमा ल्याउने हो त्यसपछी चाही पुरानो व्यवस्थालाई फाल्ने नयाँ व्यस्था ल्याउने हो यसरी हामी अगाडी आँउदा खेरी कोही कसैले चाही हतियाद्धारा दमन गर्न आउँछ भने त्यसको प्रतिरोध गर्छाै । तर यो शान्तिपूर्ण तरिकाले हुदैन भन्ने हाम्रो निष्कर्ष हो । र यहाँ दलालहरु बन्दुकको आडमा बोलिरहेका छन हामीलाई दुख दिने काम हाम्रा कार्यक्रम विचार प्रति दमन गरिरहेको छ त्यसको जवाफ त त्यसरी नै दिन पर्छ तर हामीले के भनेका छौ भने नेपाली सेना नेपाल प्रहरी, शसस्त्र प्रहरी दाजुभाइहरु पनि सचेत छन र यो हाम्रो अभियानलाई साथ दिन्छन भन्ने हाम्रो आशा छ हाम्रो लडाई कुनै सुरक्षा निकाय सँग हैन हाम्रो लडाइ होत यो दलाल संसदीय व्यवस्थाको अन्त्यको लागि हो हामीले त राष्ट्रियताको कुरा गरिरहेका छौं देश संकटमा छ देशलाई बचाउनको लागि देश भक्त र का्रन्तिरकारीहरु एक हौऔ हाम्रो देशलाई बचाउ भन्ने पक्षमा छौ र बोलिरहेका छौ के यो कुरा सेना प्रहरीलाई मन पर्दैन त्यसैले हामीले भनेका छौ आउनुस् हामी मिलौ अनि खराव व्यवस्थाको अन्त्य गरौं उहाँहरु सकरात्मक पनि हुनुहुन्छ अहिले हामीले भनेका छौ सेना, प्रहरी सशस्त्र हाम्रो दुश्मन हैन किन भने हाम्रो दाजुभाइ हो । सेना प्रहरी भनेको राष्ट्रियताको रक्षा जनताको रक्षाको लागि खटिएको टोली हो त्यसैले जनताको देशको अधिकारको सुरक्षा गर्नुपर्छ हामी उठाएकै कुरा यहि हो हाम्रा कुरा सुन्नु पर्यो हामीलाई साथ दिनुपर्यो यसरी हामीलाई साथ दिनुभयो भने दलालहरुलाई लखेट्नको लागि धेरै समय लाग्दैन ।
अहिले केही समय अगाडी विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी र नेकपा का्रन्तिकारी माओवादी विच जुन एकताको कुरा आएको छ के अव यी दुई पार्टीको एकता भएको देख्न पाउछन त नेपाली जनताले ?
हामीले हाम्रो पार्टीमा केन्द्रमा छलफल गरेका छौं र छलफल गरेर क्रान्तिकारी माओवादी सँग एकताकै लागि बहस गर्ने भन्ने हो फेरी क्रान्तिमाकारीहरुको बिचमा एकता चाही गर्नुपर्छ भन्ने छ पहिलो कुरा दोस्रो कुरा यदि एकता तत्कालै संम्भव भएन भने छलफल गर्दै जाउ र संयुक्त मोर्चावाट अगाडी बढौं मिल्ने विषयहरुमा चाही संयुक्त बैचारीक मोर्चा बनाएर संघर्ष गरौ भन्ने छ । तेस्रो चाही यदि बैचारीक मोर्चा पनि संयुक्त भएन भने कार्यगत एकता गरेर मिल्ले विषयहरुमा संगै कार्यक्रम लिएर जाउँ संघर्ष गरौ भन्ने हो । चौथौ कुरा चाही आम सबैमा क्रान्तिकारी साथीहरुलाई स्वागत गरौं किनकी का्रन्ति भनेको एक जनाले गर्न कुरा पनि हैन यहाँ त सबै क्रान्तिहरुलाइ एक ठाउँमा लिन पर्छ त्यसकारण त्यसो गर्दा खेरी पार्टी एकताको निम्ती पनि छलफल गर्दै जाउँ जहाँ सम्भव हुन्छ त्यहाँ गएर एकता गर्ने भनेर हामीले भनेका छौं र एक दुई चरणमा हाम्रो पार्टी र क्रान्तिकारी  पार्टीको विचमा छलफल तथा कुराकानी पनि भएको छ र सकारात्मक छ यो पार्टी एकताको विषय पार्टी एकता गर्ने कुरामा दुवै पार्टी सहमत छ तर कतिपय कुराहरुको बारेमा छलफल गर्ने भन्ने पनि छ विभिन्न विचार सिद्धान्तहरुको बारेमा गहिरो बहस गरौ पहिलेनै भोलि फेरी त्यही कुरालाई लिएर पार्टी विभाजन हुन नपरोस् भनेर पनि व्यापक तथा गम्भिर छलफलमा लागिरहेका छौं । हामीले पनि पार्टी एकता, छलफल, बहसको लागि ढोका खोलेका छौ ।
अर्काे कुरा के चर्चामा छ भने माओवादी केन्द्र र एमालेको चुनावी गठबन्धन हुँदै पार्टी एकता सम्म गर्ने भन्ने कुरा आएपछी अन्य पार्टीहरुको पार्टी एकता रहर नभएर बाध्यता पनि हो भन्ने विश्लेषण पनि छ केहो ?
हैन अहिलको समयमा पार्टी एकता सच्चा क्रान्तिरीहकाे बाध्यता हैन आवश्कता हो । हामीलाई बाध्यता छैन का्रन्ति गर्ने जरुरी छ त्यसकारण क्रान्ति गर्नको लागि क्रान्तिरीहरु संगको एकता सहकार्य आवश्कता हो । तर बाम गठबन्ध फेरी बाध्यता हो हाम्रो चाही आवश्कता हो ।
पार्टी एकताको कुरा चलिरहदा अहिले आएर मिल्नु पर्ने रहेछ पहिले किन फुटेको त भन्ने आलोचना पनि छ केहो ? पहिले किन पार्टी विभाजन भयो र अहिले कसरी एकता हुदै छ बतइदिनुस् न ?
आवश्कतामा फुट्ने पनि मिल्ने पनि दुबै हुन्छ यो भएकै हो के अव मिलेन भने फुट्ने मिल्यो भने जुट्ने हो । अहिले हामी मिलि सकेको त छैनौनी जनतको विचमा त्यो पर्नु स्वभाविक पनि हो मिल्ने भए किन फुटेको भन्ने कुरा हो हिजो चाही कुरा किन मिलेन भन्दा हामी चाही अगाडी बढौ भन्ने पक्षमा थियौ उहाँहरु चाही एक पक्ष प्रचण्ड तिर जाने भन्ने रहेछ बादलहरु अर्काे किरणहरु चाही चुनावमा जाने मनासय रहेछ यहाँ मिलेननी त कुरा उहाँहरुले भन्नुहुन्थ्यो फर्केर उतै जाने हामीले मानेनौ त्यसकारणले कुरा मिलेन त्यहाँ त्यसैले विभाजन भयो । अहिलेको कुरा के त भन्दा उहाँहरुले ल यो कुरा त ठिक भएन अव नयाँ तरिकाले अगाडी जानुपर्छ भनेर आएपछी मिल्ने कुरा आएको जनताहरुलाई जानकारी गराउनु चाहे ।
अन्त्यमा के भन्नु हुन्छ ?
पहिलो कुरा त तपाई र तपाइको यो पत्रिका परिवारलाई धन्यवाद ।  म के भन्दछु भने पत्रिकाको माध्यवाट आम जनता,यहाँ क्रान्तिरी,देशभक्त शक्तिहरु, राष्ट्रवादी शक्तिहरुलाई के भने भने यो एकीकृत जनक्रान्ति कुनै व्यक्ति बिशेष हैन, यो सबै राष्ट्रपे्रमी, क्रान्तिरी परिवर्तनकारी शक्तिहरुको साझा अभियान हो यसमा देश भक्त क्रान्तिरीहरु सेना, प्रहरी लगायत सबैलाई यो अभियानमा सहभागिता भएर सहयोग गर्नको लागि हार्दिक अपिल गर्दछु ।

प्रस्तुती ः गोविन्द विश्वकर्मा माडीखवर साप्ताहिक






Post a Comment

Previous Post Next Post