Header Ads

बिन्ध्यबासिनी म्युजिक प्रालिले प्रितम पोखरेलको रोमान्चक लोक दोहोरी “तााईन तुइको पिरती” बोलको गीतलाई हालै सार्बजनिक गरेको छ । म्याग्देली चेली कोपिल छिनाल र प्रितम पोख्रेलको सुमधुर स्वर रहेको छ । मान्छे जन्मिछ हुर्किन्छ र योबन अवस्थामा पुगेपछि उस्लाई अनेकौं चाह हरु बढ्दै जान्छ । सोहि क्रममा यति बेला यो गीतको भाव अनुसार गायिका कोपिलालाई भर्खरै बसेको मायामा “तााईन तुइको पिरती” लाइएछ भन्ने महसुस भएको छ ।

प्रस्तुत गीतमा लय तथा शब्द सिर्जना प्रितम पोख्रेलको रहेको छ । निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा शंकर बि।सी , सुरज चापागाई (बान्द्रे), काजल पोख्रेल कृपा कार्की (रानी) र रबिन परियार आकर्षक अभिनय रहेको छ । “तााईन तुइको पिरती” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन शंकर बि।सी ले गरेका हुन् भने छायांकन मनोज चौहान मगर र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Post a Comment

Previous Post Next Post