Header Ads


स्मृती घर्ती मगर प्यूठान २८ माघ । अाधुनीक कृषी, पर्यटन, उर्जा र व्यापार, उद्धमी जनसक्ती समृद्ध प्यूठानको आधार' भन्ने मुल नारा सहित आज देखी तेस्रो स्वर्गद्धारी प्यूठान महोत्सव सुरु भएको भएको छ।
महोत्सव मुल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य संघ प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको अध्यक्षतामा सुरु भएको उट्घाटन कार्यक्रममा प्रमुख अतिथी उपराष्ट्रपति नन्द बहादुर पुन 'पासाङ ' रहनु भएको थियो।
प्रमुख अतिथी तथा माननिय उपराष्ट्रपति नन्द बहादुर 'पासाङ ' ले पानसमा बत्ती बालेर महोत्सबको बिधिवद् रुपमा उट्घाटन गर्नु भएको थियो। साथै उपराष्ट्रपति पुनले जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानको आयोजनमा हुने स्वास्थ्य विमा कार्यक्रम र विजुवार खलंगा जोड्ने पक्कि पुलको समेट उद्घाटन गर्नु भएको थियो।
उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुनले देशको मुख्य अर्थतन्त्रको स्रोत व्यापार भएको भन्दै उहाँले आयत मुखी व्यापार भन्दा निर्यात मुखी व्यापार गर्दा देशको व्यापार घाटा घटाउन सकिने धारणा राख्नु भएको थियो। प्युठान जिल्लामा रहेको धार्मिक स्थल स्वर्गद्धारीको व्यापाक प्रचार गरि पर्यटन व्यवसायलाई विकास गर्न सकिने वताउनु भएको थियो। त्यस्तै ५ नम्वर प्रदेशकै ठुलो जलविद्युत आयोजना, खेती योग्य जमिन झिम्रुक फाट प्युठानीको आम्दानीहरूको स्रोत रहेको धारणा समेट राख्नु भएको थियो। देशको इन्जिन व्यापार भएकाले व्यापार व्यवसायको विकासमा सवै पक्षको साथ र सहयोग हुन आवश्यक रहेको बताउदै प्यूठान बासीले आफुलाई भरोसा गरी माग पत्र पेश गरेकोले आफ्नो तर्फबाट हुन सक्ने सवै पहल कदमी चाल्ने प्रतिवद्धता समेट जाहेर गर्नु भएको थियो ।

उट्घाटन कार्यक्रममा वोल्दै विशिष्ट अतिथि तथा प्रतिनिधि सभाका सदस्य दुर्गा पाैडेलले प्युठान जिल्ला प्राकृतिक रूपमा सम्पन्न जिल्ला रहेको र यस जिल्लामा प्राकृतिक एवम मानव निर्मित वस्तुहरूको उपयोग गरि प्युठान जिल्लालाई ५ नम्वर प्रदेश को नमुना जिल्ला वनाउन सक्ने धारणा राख्नु भएको थियो।
उक्त उदघाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तारा जिसी, हरि रिजालले स्वर्गद्धारी प्युठान तेस्रो महोत्सवको सफलताको शुभ- कामना दिनु भएको थियो। भने प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिले स्थानिय सरकारले गर्ने कामकाे वारेमा प्रतिक्रिया राख्दै लोकतन्त्र पद्धतीलाई जनताको घर-घरमा पुर्याउने धारणा राख्नु भएको थियो।
त्यस्तै पुर्व राष्ट्रिय योजना आयोगका प्रमुख गोविन्द पोख्रेलले पुँजीको विकास गर्न निजी क्षेत्रको विकास गर्नु पर्ने धारणा राख्दै स्थानिय उत्पादनमा बृद्धी गरी आफ्नै क्षेत्रमा रोजगारीको शिर्जना गरी समृद्ध प्युठान बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो।
प्युठान जिल्ला वासीको तर्फवाट पेश गरिएको ११ बुदे माग पत्र सम्माननिय उपराष्ट्रिय नन्द वहादुर पुनलाई जिल्ला समन्वय समितिका सभापति केशवराज आर्चार्यले बुझाउनु भएको थियो।

कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, आयोजक समितीका सदस्यहरु, जनप्रतिनिधीहरु, सुरक्षाकर्मी, नेपाली सेना, उद्धमी ब्यबसायी, स्थानिय प्यूठानबासी आम जनसमुदाय, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको थियो।
साथै कार्यक्रममा स्थानिय झाँकी, पञ्चेबाजा, सराय नाच, लाखे नाच लगायतका ऐतिहासिक झाँकी तथा नाच प्रदर्शनी गरिएको छ।
प्यूठान उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ प्यूठानको संयुक्त आयोजनामा सुरु भएको तेस्रो स्वर्गद्धारी प्यूठान महोत्सवमा करिव दुई लाख दर्शकले अवलोकन गर्ने र पाँच देखि सात करोड रुपैयाँसम्मको कारोवार हुने अपेक्षा गरिएको आयोजकले बताएको छ।
स्थानीय कृषि उपज, घरेलु उद्योग र पर्यटन प्रर्वद्धन गर्ने उद्येश्य सहित महोत्सवको आयोजना गरिएको मुल आयोजक समितिका संयोजक एवं प्यूठान उद्योग वाणिज्य संघ प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनु भएको छ। जिल्लाको सम्भावना बोकेको विविध क्षेत्रको प्रर्वद्धनका लागि महोत्सवले सहयोग गर्ने उहाँको भनाई रहेको छ।
कृषि आधुनिकिकरणका औजार तथा प्रविधि, स्वर्गद्धारी महाप्रभुको प्रतिक झल्किने सालिक, धरहरा, अष्ट्रीज, घोड सवार, उद्यान महोत्सवको आर्कषणका रुपमा रहने छन्। महोत्सववाट हुने आम्दानीले प्यूठान उद्योग वाणिज्यसंघको संयोजनमा सहिद पार्क र होटल व्यवसायि संघको संयोजनमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको आयोजकले बताएको छ।
महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको पनी प्रस्तुती रहने बताइएको छ।

Post a Comment

Previous Post Next Post