
प्यूठान मंसिर २९ । नेपाली लोकगीत संगीत क्षेत्रमा बिगत केही बर्षदेखि सुनिदै आएको नाम हो प्रकाश सपूत । बाग्लुङ्गे युवा गायक सर्जक तथा मोडल प्रकाश सपूत ले सांगीतिक बजारमा छोटो समयमै एक सफल गायक संगै मोडल को रूपमा आफ्नो अस्तित्व स्थापित गराइसकेका छ्न भने उनले स्वर भरेका र मोडलिङ गरेका धेरै गीतहरू श्रोता दर्शक ले अत्यन्तै मन पनि पराइसकेका छ्न । मेहनती,सहयोगी सरल र हसिलो उनको व्यबहार ले नयाँ तथा पुराना सम्पुर्ण कलाकार हरुसंग को सहकार्य उनलाइ जुर्ने र फाप्ने पनि गर्दछ । यसैबिच भर्खरै मात्र प्रकाश सपूत र रिता थापा को स्वरमा रहेको सदाबहार तरुनी नामको रोइला गीत सार्बजनिक भएको छ । प्रकाश सपूत कै लय तथा शब्द सिर्जना रहेको यश गीतको म्युजिक भिडियो दुर्गा पौडेल ले निर्देशन तथा छायांकन गरेका छ्न भने नवीन घर्ती मगर ले सम्पादन गरेका छ्न । भाका नेपाल को युटुब च्यानल बाट सार्बजनिक गरिएको यश गीतको म्युजिक भिडियो मा प्रकाश सपूत रिता थापा पशुपति शर्मा शिरीष देबकोटा लगायत का कलाकार लाई देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो :
Post a Comment