Header Ads


सिता बि‍.क.३ पाैष,प्युठान । जन्म पश्चात मृत्यु अनिवार्य हो ।मृत्यु संगै बिगतका काम इतिहासको पानामा मात्र सिमित गरिन्छन। त्यसैले आफ्ना दिवंगत बुवा आमाको सम्झनामा अक्षयकोष स्थापना गरेको श्री बाल कल्याण प्रा.बि झिम्रुक गाउँ पालिका तोर्बाङ्ग का पुर्ब शिक्षक नारायण गिरि बताउँछन् ।
उनले आफ्ना स्वर्गीय मातापिताको सझनामा बीस हजार रकम बराबरको अक्षकोष खडा गरेका हुन। बार्षिक ब्याजबाट जम्मा हुन आउने रकम उत्कृष्ट अङ्क प्राप्त गर्ने दलित उत्पीडित छात्रछात्रालाई पुरुस्कार स्वरुप प्रदान गरिने गिरिले बताए । भनिन्छ-धन हुनेसंग मन हुन्न,मन हुनेसंग धन।तर उनले धन र मन दुबै लगाएर अक्षकोष स्थापना गरेको घोषणा गरेका छन।

भर्खरै शिक्षण पेशाबाट सेवा निबिर्त भएका शिक्षक गिरिले जस्तै अन्य ब्यक्तिले पनि सिको गर्दै अक्षकोष स्थापना गरिएमा सामुदायिक बिध्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्ने स्थानीय रेशम गिरिले बताए ।

Post a Comment

Previous Post Next Post