
गाेविन्द विश्वकर्मा प्यूठान पाैष ०७ । आसन्न निर्वाचनमा खटिएका म्यादी प्रहरी ५५ दिन पछि घर फर्किएका छन।
जिल्ला प्रहरी कार्यलय प्युठानले आज प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थमा नियुक्ति भएका म्यादी प्रहरीहरुलाई औपचारिक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ। प्यूठान जिल्लामा कार्यरत झण्डै १ हजार २ सय म्यादी प्रहरीलाई औपचारिक कार्यक्रमको आयोजना गरी आज बिदाई गरिएको हो।
जिल्ला प्रहरी नायब उपरिक्षक राजेन्द्र पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी धन बहादुर केसी रहनु भएको थियो।
निर्वाचनको सुरक्षामा खटिएका प्रहरीलाई नैतिक शिक्षा प्रदान गरी घर पठाउनका लागि औपचारिक कार्यक्रम गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले जानकारी दिनु भएको छ।
कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी धन बहादुर केसीले प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्यादी प्रहरीले खेलेको भुमिकाको सरणा गर्नु भएको थियो।
त्यस्तै कार्यक्रमका विशेष अतिथी तथा जिल्ला बाल कल्याण समिति प्युठानका अध्यक्ष मेघराज भट्टले म्यादी प्रहरीहरुको आगामी दिनको काम, कर्तव्य, नागरिकको कर्तव्य सम्वन्धमा भएको ब्यबस्था, सामुदायिक प्रहरी र सामाजिक कार्यमा नागरिकको संलग्नताको वारेमा जानकारी गराउनु भएको थियो। भने महिला तथा बालवालिका कार्यलय प्युठानका अधिकृत सुशिला आचार्यले लैङ्गिक हिंसा, घरेलु हिंसा, बाल विवाह र बहु विवाहको वारेमा जानकारी गराउनु भएको थियो।
उक्त कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समिति, गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, नेपाली सेना, म्यादी प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
Post a Comment