
प्यूठान । वाम किल्ला भनेर चिनिएको प्यूठान पुनः वाम किल्ला भएको छ । एक मात्र प्रतिनिधिसभा रहेको प्यूठानमा वाम गठबन्धनकी साझा उम्मेदवार दुर्गा पौडेल भारी मतका साथ विजयी भएकी छन् ।
वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले ४७ हजार ५ सय १४ मत पाउँदै वाम किल्ला जोगाउन सफल भएकी हुन् ।
पौडेलकी प्रतिद्धन्द्धी नेपाली कांगेसका डा. गोविन्द पोख्रेललाई १६ हजार २ सय २८ मतको फराकिलो मतान्तरले पराजित गर्दै जिल्लाबाट विजयी हुने पहिलो पहिला पनि बनेकी छन् । पोख्रेलले ३१ हजार २ सय ८६ मत ल्याएका छन् ।
प्रदेशसभा क र ख मै वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम गरेका छन् । ‘क’ मा वाम गठबन्धनका हरी रिजालले २२ हजार ३ सय १६ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबनधनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांगेसका टेकप्रसाद भण्डारीले ११ हजार १ सय ९७ मत ल्याएका छन् ।
प्रदेश नं. ‘ख’ मा पनि वाम गठबन्धनका उम्मेदवारले भारी मतले अग्रता कायम गरेका छन् । यहाँ वाम गठबन्धनका कृष्णध्वाज खड्का २४ हजार ६ सय ३४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसमा अमर भण्डारीले १२ हजार ८ सय १ मत प्राप्त गरेका छन् ।
Post a Comment