Header Ads

  प्यूठान । गायिका प्रमिला तामाङको लोकदोहोरी गीत “पुर्बै झुल्क्यो घाम” लोकदोहोरी गीत अहिले चर्चामा छ । दोहोरी क्षेत्रका चर्चित कलाकारहरुको स्वर, सिर्जना र अभिनयमा तयार भएको यो गीत म्युजिक नेपालको युट्यूव च्यानल मार्फत सार्वजनिक भएको हो ।

स्वरका धनी गायक कुलेन्द्र विक र मिठो स्वर भएकी गायिका प्रमिला तामाङको आवाजमा रहेको गीतमा अहिलेका लोक पारखीहरुको रोजाईका गायक रामजी खाँण र गायिका प्रमिला तामाङको अभिनय रहेको छ । गीतमा शिव हमालको लय तथा शव्द सिर्जना छ । प्रकाश भट्टको निर्देशनमा बनेको गीतको भिडियो सम्पादन बिष्णु शर्माले गरेका छन ।

माया पीरतीमा सम्बन्ध प्रगाढ भएको प्रमाणित गराउन बाचा गरेर विश्वास दिलाइएको रमाइलो गीत भएको गायिका प्रमिला तामाङले बताइन् । आशिष म्युजिक प्रालिले बजार व्यबस्थापन गरेको गीतप्रति सार्वजनिक भएको केहि दिनमै स्रोता तथा दर्शकले सामाजिक सञ्जालहरु मार्फत राम्रो प्रतिक्रियाहरु जनाएका छन ।

गायिका तामाङको यो भन्दा पहिले आँखा गाजले, सर्काइदेउ माया बोलका गीतहरु चर्चामा थिए ।

Post a Comment

Previous Post Next Post