Header Ads

गोविन्द विश्वकर्मा मंसिर ०८ । नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा पुरानो नाम हो चन्द शर्मा । जुन नाम विशुद्ध गीत संगीत सृजनामा र गायकनमा मात्र सिमित नरहेर गीत संगीतको संस्थागत विकासका लागि समेत समय खर्चि सक्नु भएका गायक तथा सर्जक चन्द शर्माले एकपछी अर्काे गीत संगीतहरु डिजिटल बजारमा ल्याउने गरिरहनु भएको छ ।
यसै सन्र्दभमा उनै गायक तथा सर्जक चन्द शर्माले एउटा अत्यन्तै मिठो अनि सबैलाई नाचु–नाचु लाग्ने भुरुरु उडेको चरी नामक मौलिक झ्याउरे गीत बजारमा सार्वजनिक गर्नुभएको छ ।
पछिल्लो समय एकपछी अर्काे सफल गीत संगीतको सफल बजार व्यवस्थापन गरिरहेको परिचित म्यूजिक कम्पनी प्रसाद डिजिटलको प्रस्तुतीमा गायक चन्द्र शर्माले उक्त गीत सार्वजनिक गर्नुभएको हो ।
लोकप्रिय गायिका मुना थापा मगरले गायक चन्द्र शर्मालाई यस गीतको स्वरमा साथ दिनुभएको छ ।
चन्द्र शर्माकै शब्द संगीत रहेको यस मौलिक झ्याउरे गीतमाको निर्देशन समेत शर्माले गर्नुभएको छ । राजेश घिमिरेले छायाँकन गर्नुभएको यस म्यूजिक भिडियोको सम्पादन नवीन घर्ती मगरले गर्नु भएको छ । म्यूजिक भिडियोमा दर्जन बढि कलाकारहरुले नृत्य प्रस्तुत गरेका छन भने म्यूजिक भिडियोमा मध्यपश्चिम व्यापारीक तथा कृषि मेलाका दाङका विभिन्न झलकहरु समेत समावेश गरिएको छ ।
भिडियाे

Post a Comment

Previous Post Next Post