
सीता बि.क मंसिर ११ प्युठान / उद्घम ब्यबसायमा वृद्धि ,उद्घमशिलता सहितको आर्थिक समृद्धि भन्ने मुल नाराका साथ उद्घमशिलता प्रशिक्षक प्रशिक्षण (SIYB-TOT) तालिम को आज जुमृमा उद्घाटन गरिएको छ।
स्वर्गद्वारी ईन्स्टिच्युट अफ टेक्निकल एण्ड भोकेश्नल एजुकेसन सेन्टर प्युठान को आयोजनामा संचालन गरिएको तालिममा २२ जना सहभागी को उपस्थिति रहेको थियो ।
अहिले बिद्यालय बिश्वबिद्धालय मा अध्ययन,अध्यापन गरिने शिक्षा के र के का लागि भन्ने थाहा पाउन अप्ठ्यारो हुने र महत्त्व पनि कम देखिएकाले प्राबिधिक शिक्षा को आबश्यकता बढ्दै गइरहेको परिवेशमा जिल्लामा यसको आकर्षण बढ्दै गइरहेको कार्यक्रम का प्रमुख अतिथि एबम वार यसोसियसन का अध्यक्ष डा:शिव राज पण्डितले बताउनुभयो ।
स्वरोजगारमुखि शिक्षाले ब्यक्तिमा आत्मनिर्भर तर्फ अगाडी बढाउन सहयोग पुर्याउने भएकोले एस्तो शिक्षा तर्फ आकर्षण बढ्दै गएको बिद्यालय श्रोत ब्यक्ति खिम पण्डितले बताउनुभयो।यस्ता रोजगार तथा स्वरोजगारतर्फ का तालिमहरुमा ठूलो रकम खर्चं गरी जिल्ला बाहिर जानुपर्ने समस्या लाई दृस्टीगत गरी जिल्लामै यस्तो सुबिधा पाउनु अबसर भएकाले निकै चासो मानेर सिक्न सहभागीलाई पण्डितले आग्रह गर्नुभयो ।

त्यस्तै देश समृद्धि को दिशामा अगाडि बढ्न लघु उद्घम लाई नै प्रमोट गर्दै लैजानु को विकल्प नभएको ले आयोजक संस्थाले समय अनुकुल तालिम आयोजना गरिनु त्यस्मा पनि महिला सहभागिता को संख्या बढी हुनुमा खुसी व्यक्त गर्दै कृयाशिल महिला पत्रकार संघका अध्यक्ष दीपा पौडेल ले सहभागीलाई सफल प्रशिक्षक बन्न आग्रह गर्नुभयो ।
बिश्व परिवेश मा हेर्दा हाम्रो देश बिकासोन्मुख देश भनिए पनि गरिबी को रेखामुनि हुनु परेको ले जनता यस्ता उद्घमशिल कार्यमा अगाडी बढ्दै देशलाई आर्थिक समृद्धि को दिशामा अगाडी बढाउन यस्तो प्रशिक्षक प्रशिक्षण तालिम बाट युवाहरु नै अगाडी बढ्नु पर्ने भएकालेे तालिम को आयोजना गरिएको सस्थाका अध्यक्ष राम बहादुर बि क ले बताउनुभयो ।
साथै आइतबार देखि संचालन गरिएको तालिममा मास्टर टेनर कृष्ण नेपाल को प्रशिक्षण रहने बि क ले बताउनुभयो ।
तालीम संयोजक शारदा बि.क को स्वागत मनतब्य ,पत्रकार बोम बहादुर परियार को संचालन बाट सुरु गरिएको कार्यक्रम मा नेपाल पत्रकार महासघ प्युठान का सचीव बिजयसिह भारती, ग्रामीण आर्थिक बिकास मंच प्यूठानका कोर्डिनेटर रन्जना श्रेष्ठ ,बरिस्ठ उद्घम विकास सहजकर्ता शान्ता बि क लगायतले सुभकामना मन्तब्य राख्नुभएको थियो।
Post a Comment