Header Ads


पहिलो चरण अन्तर्गत आज आइतबार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ ।मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छाप, नङमा लगाउने मसीलगायत ६४ प्रकारका सामान मतदान स्थलमा पु¥याइसकिएको र अबको केहीबेरमा मतदान सुरु हुने आयोगले जनाएको छ ।आयोगले हरेक मतदान केन्द्रमा ९ देखि १२ जना कर्मचारी खटाएको छ । २ सय ५० जना मतदाता भएको केन्द्रमा ९ जना, ५ सय सम्म मतदाता भएको केन्द्रमा १० जना र ५ सय भन्दा बढी मतदाता भएको केन्द्रमा १२ जनाका दरले कर्मचारी खटाइएको छ ।

पहिलो चरणमा चुनाव हुने क्षेत्रमा प्रतिनिधिसभाका लागि ३७ निर्वाचन क्षेत्रमा २ सय ८२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेश नम्बर १ मा ६२ जना, ३ मा ९७ जना, ४ मा ५० जना, ५ मा १४ जना, ६ मा ३९ जना र प्रदेश नम्बर ७ मा २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेशसभाका लागि ७२ निर्वाचन क्षेत्रमा ४ सय २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । पहिलो चरणमा चुनाव हुने क्षेत्रमा ३१ लाख ९१ हजार ९ सय ४५ जना मतदाता रहेको आयोगले जनाएको छ । २ हजार ९ सय १९ मतदानस्थलमा ४ हजार ४ सय ६५ मतदान केन्द्र रहेका छन् ।
कुन प्रदेशमा कति मतदाता ?

प्रदेश नम्बर– १
पहिलो चरणमा प्रदेश नम्बर एकका सातवटा जिल्लामा चुनाव हुँदैछ । पहिलो चरण अन्तर्गत सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, पाँचथर र संखुवासभामा चुनाव हुनेछ ।

यी सबै जिल्लामा प्रतिनिधिसभाका लागि एकरएक वटा निर्वाचन क्षेत्र छन् भने प्रदेश सभाका लागि दुई/दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । दोश्रो चरणमा आउँदो २१ गते सात जिल्लाका २१ वटा निर्वाचन क्षेत्रमा चुनाव हुनेछ ।

प्रदेश नम्बर एकमा २९ लाख ९३ हजार ७ सय ७४ जना मतदाता छन् । यसमध्य पहिलो चरणमा चुनाव हुने क्षेत्रमा ७ लाख १९ हजार १ सय ७६ जना मतदाता रहेका छन् । दोश्रो चरणमा चुनाव हुने क्षेत्रमा २२ लाख ७४ हजार ५ सय ९८ जना मतदाता छन् । प्रदेश नम्बर एकका १ हजार ८ सय ६१ वटा मतदान स्थलमा ३ हजार ७ सय ४३ वटा मतदान केन्द्र रहेका छन् । यी मध्ये ६ सय ९६ मतदानस्थलका १ हजार २५ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुन लागेको हो ।

प्रदेश नम्बर–३
प्रदेश नम्बर तीनका छ वटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । प्रदेश तीनका १३ जिल्लामा ३३ वटा निर्वाचन क्षेत्र रहेका छन् । यीमध्ये नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापका ९ वटा निर्वाचन क्षेत्रमा पहिलो चरण चुनाव हुनेछ ।

प्रतिनिधिसभाका लागि नुवाकोट, धादिङ र सिन्धुपाल्चोकमा दुईरदुई वटा निर्वाचन क्षेत्र रहेका छन् । रसुवा, दोलखा र रामेछापमा प्रतिनिधिसभाका लागि एक/एक वटा निर्वाचन क्षेत्र छन् ।

यो प्रदेशमा जम्मा ३० लाख ७४ हजार ३ सय ८४ मतदाता रहेका छन् । यी मध्ये पहिलो चरणमा १० लाख १ हजार ४० मतदाता छन् । २० लाख ७३ हजार ३ सय ८४ जना मतदाता दोश्रो चरणमा चुनाव हुने क्षेत्रका हुन् । प्रदेश तीनमा १ हजार ७ सय ८० वटा मतदान स्थलमा ३ हजार ७ सय ८५ वटा मतदान केन्द्र छन् । यीमध्ये ६ सय मतदान स्थलका १ हजार २ सय ४६ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुनेछ ।

प्रदेश नम्बर–४
प्रदेश नम्बर चारका ६ वटा जिल्लामा चुनाव हुनेछ । प्रदेश नम्बर चारका ११ जिल्लामा १८ वटा निर्वाचन क्षेत्र छन् । मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, लमजुङ र गोरखामा चुनाव हुँदैछ । बागलुङ र गोरखामा दुई/दुई तथा अन्य जिल्लामा एकरएक गरी ८ वटा निर्वाचन क्षेत्रमा पहिलो चरणमा चुनाव हुनेछ ।

यो प्रदेशमा जम्मा १५ लाख ६८ हजार ९ सय २४ जना मतदाता छन् । यीमध्ये पहिलो चरणमा ५ लाख ६३ हजार २४ जना र दोश्रो चरणमा चुनाव हुने क्षत्रमा १० लाख ५ हजार ९ सय जना मतदाता रहेका छन् ।

प्रदेश नम्बर चारका १ हजार २ सय ४७ मतदान स्थलमा २ हजार ९१ वटा मतदान केन्द्र तोकिएको छ । यीमध्ये ५ सय ७६ मतदान स्थलका ८ सय १७ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुँदैछ ।

प्रदेश नम्बर–५
प्रदेश नम्बर पाँचका रुकुम पूर्वी भाग र रोल्पामा पहिलो चरणमा चुनाव हुँदैछ । यी जिल्लामा दुईवटा मात्रै निर्वाचन क्षेत्र रहेका छन् । पहिलो चरणमा सबैभन्दा कम क्षेत्र पनि प्रदेश नम्बर पाँचमै छन् । प्रदेश नम्बर ५ का १२ जिल्लामा २६ वटा निर्वाचन क्षेत्र छन् ।

यो प्रदेशमा २७ लाख ४० हजार ८ सय ६४ जना मतदाता छन् । पहिलो चरणमा चुनाव हुने क्षेत्रमा १ लाख ५५ हजार ५ सय ५७ जना मतदाता छन् । यो प्रदेशमा १ हजार ६ सय १२ वटा मतदान स्थलमा ३ हजार ३ सय ६८ वटा मतदान केन्द्र छन् । यसमध्य पहिलो चरणमा १ सय ११ वटा मतदान स्थलमा २ सय २ वटा मतदान केन्द्र छन् ।

प्रदेश नम्बर–६
प्रदेश नम्बर ६ का सातवटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । यो प्रदेशमा १० वटा जिल्लामा १२ वटा मात्रै निर्वाचन छन् । यीमध्ये रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पामा पहिलो चरणमा चुनाव हुन लागेको हो ।

यी सबै जिल्लामा प्रतिनिधिसभाका लागि एक/एक वटा निर्वाचन क्षेत्र छन् । सल्यान, सुर्खेत र दैलेखमा भने दोश्रो चरणमा चुनाव हुनेछ । बाँकी जिल्लामा ५ वटा निर्वाचन क्षेत्र छन् । प्रदेश नम्बर ६ मा जम्मा मतदाता ८ लाख ४६ हजार ९ सय ४१ जना छन् । यीमध्ये ३ लाख ६८ हजार २ सय ७ जना पहिलो चरणमा चुनाव हुने क्षेत्रका रहेका छन् । ५ सय ११ वटा मतदान स्थलमा ६ सय ४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश नम्बर ५ का ८ सय ९६ वटा मतदान स्थलमा १ हजार २ सय ४३ वटा मतदान केन्द्र छन् ।

प्रदेश नम्बर–७
प्रदेश नम्बर ७ का चार वटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पहिलो चरणमा चुनाव हुन लागेको हो । यी जिल्लामा एकरएक वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश नम्बर ७ का ९ वटा जिल्लामा १६ वटा निर्वाचन क्षेत्र छन् ।

बाँकी ५ जिल्लाका १२ वटा निर्वाचन क्षेत्रमा दोश्रो चरणमा चुनाव हुनेछ । पहिलो चरणमा ३ लाख ८४ हजार ९ सय ४१ जना मतदाताले भोट हाल्न पाउने छन् । प्रदेश नम्बर ७ मा १४ लाख ३५ हजार ६ सय ७३ जना मतदाता रहेका छन् । प्रदेश नम्बर ७ का १ हजार १ सय ९ वटा मतदान स्थलमा १ हजार ९ सय वटा मतदान केन्द्र तोकिएको छ । यीमध्ये ४ सय २५ मतदान स्थलका ५ सय ७१ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुनेछ ।

उजिर कार्की/उज्यालो अनलाइन

Post a Comment

Previous Post Next Post