
गाेविन्द विश्वकर्मा प्यूठान स्वर्गद्वारी । ३२ जिल्लामा अाज हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनकाे पहिलाे चरणमा राेल्पा जिल्ला पनि परेकाे छ । राेल्पा जिल्ला विशेष गरेर प्यूठान जिल्ला सँग सिमाना जाेडिएकाे जिल्ला हाे । निर्वाचन सुरक्षा संवेदनताशिलतालार्इ ध्यानमा राखि निर्वाचन विराेधी गतिविधि नहाेस् र निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नकाे लागि अाज अाइतवार विहान ७ बजे देखि प्यूठान हुँदै राेल्पा जाेड्ने मुख्य नाका चकचके राेल्पा सडक खण्ड बन्द गरिएकाे इलाका प्रहरी कार्यालय भिंग्रीका प्रहरी नायव निरिक्षक घनश्याम केसीले स्वर्गद्वारी अनलाइनलार्इ जानकारी दिनुभयाे ।
साथै उहाँले मतदान प्रकृया अहिले विहान ७ बजे देखि सुरु हुने र वेलुका ५ बजे सम्म रहने भएकाले करिव वेलुका ६ बजे पु:न राेल्पा प्यूठानकाे नाका खाेलि बताउनुभयाे ।
Post a Comment