Header Ads

स्मृती घर्ती मगर प्युठान ०९ मंसिर । लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौ, कोही नछुटौ" भन्ने मुल नारा सहित लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शनिवार देशै भरी सुरु भएको छ।
यसैबिच खलंगा प्युठानमा पनी सरोकारवालाहरुको सहभागितामा कोण सभा तथा रिवन बितरण कार्यक्रम सम्मन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्यका साथै कार्यक्रमको उद्देश्य माथि महिला बिकास अधिकृत सुशिला आचार्यले प्रकाश पार्नु भएको थियो।
कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले ब्यानर पढेर उट्घाटन गर्नु भएको थियाे । कार्यक्रममा सहभागी सम्पूर्णलार्इ सेतो रिवन बितरण गरिएको थियो।
कार्यक्रममा बोल्ने बक्ताहरुले लैङ्गिक हिंसा अन्त्यका लागि निति र नियम बन्ने तर कार्योन्वयनमा नआउने प्रवृति बिद्धमान रहेकाले हिंसा गर्ने ब्यक्तिले प्रोत्साहन पाइरहेको बताएका थिए। साथै निति र नियम कार्योन्वयन गरी हिंसा अन्त्य गर्न सबैखाले तह र तप्काबाट पहल गरिनु पर्ने कुरामा जोड दिएका थिए।
माया श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको कार्यक्रमको समापन गर्दै डा. कृष्ण बहादुर घिमिरेले लैङ्गिक हिंसा अन्त्यका लागि सबैले आ-आफ्नो क्षेत्रबाट पहल गर्नु पर्ने र सर्बप्रथम आफु र आ-आफ्नो घरबाटै सुरु गर्नु पर्ने बताउनु भएको थियो।

Post a Comment

Previous Post Next Post